
काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडको आईपीओ आज बाँडफाँड हुने भएको छ । कम्पनीले भदौ २२ गतेदेखि २५ गतेसम्म सर्वसाधारणका लागि बिक्री खुला गरेको आईपीओ असोज ५ गते आज बाँडफाँड हुन लागेको हो ।
कम्पनीको आईपीओ निष्काशन एवं बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले आज बिहान ९ बजे बाँडफाँडको तयारी गरेको हो । कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ८ लाख ६३ हजार २०० कित्ता आईपीओ बिक्री खुला गरेको थियो। बिक्री अवधिभर २३ लाख ६१ हजार १२४ जनाले २ करोड ६३ लाख ७१ हजार ७४० कित्ता माग गर्दै आवेदन दिएका छन् ।
मागभन्दा करिब ३० गुणा बढी आवेदन परेकाले गोलाप्रथाबाट आईपीओ बाँडफाँड हुनेछ । बाँडफाँडमा भाग्यशाली ८६ हजार ३२० जनाले १०/१० कित्ताका दरले आईपीओ हात पार्नेछन् भने बाँकी आवेदकको हात भने खाली हुनेछ। आईपीओमा मागभन्दा धेरै आवेदन परेका कारण १० कित्ता सेयर पाउन पनि भाग्यमै भर पर्नुपर्ने देखिएको छ ।













समाचार
सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम
भलमन्सा विधेयकमाथि छलफल: सबै समुदायको छुट्टाछुट्टै मौलिक अभ्यासलाई समेट्न माग
चाडबाड नजिकिँदै गर्दा बजार अनुमगन
पश्चिमका क्यान्सर बिरामीका लागि आशा बन्दै खजुराको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल
दमौली–भरतपुर प्रसारण लाइनका लागि सबै सामुदायिक वनमा रुख कटानको स्वीकृति
खर काट्न गएकी महिलाको भिरबाट लडेर मृत्यु
अन्तिम समयको गोलले हारबाट जोगियो म्यानचेस्टर युनाइटेड
म्याद गुज्रेका सामग्री फेला परेपछि खोटाङमा अनुगमन तीव्र
साउदी छोडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक १ लाख आम्दानी
कालीगण्डकी कोरिडोर केन्द्रित पशुपालन प्रवर्द्धन