
काठमाडौं । नेपाल भलिबल लिग सिजन १ को ऐतिहासिक उपाधि जितेको खुसियालीमा अन्नपूर्ण स्पाइकर किंग्स (ASK) ले आयोजना गरेको विशेष विजय अभियान ‘गौरवको यात्रा’ नेपालको सुप्रसिद्ध गन्तव्य अन्नपूर्ण बेस क्याम्प (ABC) मा पुगेर सफलतापूर्वक सम्पन्न भएको छ। विगत तीन दिनमा, यो च्याम्पियनसिप ट्रफी विभिन्न जिल्लाहरूमा पुगी सर्वसाधारण, समर्थक र भलिबलप्रेमीहरूसँग विजयको खुसी साट्दै विश्वकै १०औं अग्लो हिमालको काखमा एक ऐतिहासिक उचाइमा पुगेको छ।
ASK का गण्डकी संयोजक पोषण मणि त्रिपाठीको समन्वयमा यो विजय यात्रा औपचारिक रूपमा सेप्टेम्बर १९ (शनिबार) का दिन स्याङ्जा, दमौली र भिमाद हुँदै अगाडि बढेको थियो। सेप्टेम्बर २० का दिन बागलुङको प्रसिद्ध कालिका मन्दिरको दर्शन, पर्वतको कुश्मा र पोखराको परिक्रमा गर्दै यस यात्राले थप उत्साह जगाएको थियो।
सेप्टेम्बर २१ को बिहान यस ट्रफी टुरले आफ्नो भव्य समापन गर्यो। नेपाल भलिबल लिग सिजन १ को ट्रफीलाई हेलिकप्टर मार्फत ४,१३० मिटरको उचाइमा रहेको अन्नपूर्ण बेस क्याम्पमा सुरक्षित रूपमा पुर्याइएको थियो। यस ऐतिहासिक क्षणमा बेस क्याम्पमा अध्यक्ष मीना लिम्बु त्रिपाठी, ASK का गण्डकी संयोजक पोषण मणि त्रिपाठी, प्रतिशा कर्माचार्य (ब्रान्ड हेड – एग्रो थाई फुड्स | एक्सट्रिम इनर्जी ड्रिंक) र प्रोडक्सन टोलीका प्रितम नेपाली उपस्थित हुनुहुन्थ्यो। माछापुच्छ्रे, अन्नपूर्ण साउथ र हिमचुली जस्ता मनमोहक हिमशृङ्खलाहरूको पृष्ठभूमिमा विशाल अन्नपूर्ण हिमालप्रति भावपूर्ण सम्मान अर्पण गरिएको थियो।
यस ‘गौरवको यात्रा’ को मुख्य उद्देश्य केवल भलिबलको ऐतिहासिक जितको खुसियाली मनाउनु मात्र नभई चारवटा महत्त्वपूर्ण सन्देशहरू प्रवाह गर्नु थियो: “गण्डकीको गौरव” (Pride of Gandaki) झल्काउनु, “ASK रसुवाको साथमा छ” (ASK stands with Rasuwa) भन्ने सन्देश दिनु, “दुई टोली एक सपना” (Two teams one dream) मार्फत एकता प्रवर्द्धन गर्नु, र “हिमाल र हिमतालहरु बचाऔं” (Save Himalayas and Glacier Matters) को नारासहित वातावरणीय चेतना जगाउनु।
यस यात्राका क्रममा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहभागी हुनुहुने र स्वागत गर्नुहुने सम्पूर्ण समर्थक, स्थानीय बासिन्दा, मन्दिरका भक्तजन, पर्यटन व्यवसायी तथा सहयोगी हातहरूलाई हामी हार्दिक धन्यवाद ज्ञापन गर्दछौं।












समाचार
बाढीप्रभावितलाई ‘मोड्युलर’ घर र एकीकृत सहर निर्माण गरी पुनःस्थापना गरिने
अर्बौं लगानी भैसकेका संखुवासभाका चार जलविद्युतको काम रोक्न स्थानीयको दबाब
विश्व अर्थतन्त्रमा जोखिम र अनिश्चितता कायमै : आईएमएफ प्रमुख
नेप्सेको डेटा सेन्टरकाे समस्यापछि धितोपत्र बोर्डले गठन गर्यो छानबिन समिति
प्रभु बैंकको ‘प्रभु प्रवासी समृद्धि घर कर्जा योजना’ सार्वजनिक
बिजुलीमा लगाइएको भ्याट हटाइने
न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु
संयुक्त राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री र प्रतिपक्षी दल कांग्रेसबीच छलफल
प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम १४ अर्ब ८८ करोड पुग्यो
सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम