
न्यूयोर्क । परराष्ट्र सचिव अमृतबहादुर राईले गरिबी केवल आयको अभाव नभई आधारभूत क्षमता, सुरक्षा र मानवीय अधिकारबाट वञ्चित हुने अवस्था भएको बताएका छन् ।
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका क्रममा न्यूयोर्कस्थित संयुक्त राष्ट्र मुख्यालयमा आयोजित उच्चस्तरीय छलफलमा सम्बोधन गर्दै सचिव राईले गरिबी उन्मूलनका लागि बहुआयामिक दृष्टिकोण आवश्यक रहेको बताए ।
उनले नेपालले गरिबी न्यूनीकरणमा प्रगति गरे पनि अझै विभिन्न चुनौती कायम रहेको उल्लेख गरे । ती चुनौतीमध्ये तीव्र रूपमा बढिरहेको जलवायु सङ्कटको प्रभाव गम्भीर बन्दै गएको उनको भनाइ थियो ।
हालै नेपालमा आएको विनाशकारी जलवायुजन्य विपद्ले बहुमूल्य मानवीय जीवनसँगै महत्वपूर्ण पूर्वाधारमा समेत ठूलो क्षति पुर्याएको उल्लेख गर्दै सचिव राईले जलवायु परिवर्तनका कारण विकासशील मुलुकहरूले असमान रूपमा ठूलो असर व्यहोर्नुपरेको बताए ।
उनले जलवायु उत्थानशील विकास, जलवायु न्याय तथा वित्तीय र प्रविधिको खाडल न्यूनीकरणमा जोड दिए । साथै, दिगो विकासका लागि २०३० एजेन्डा र ‘प्याक्ट फर द फ्युचर’ लगायत विश्वव्यापी विकास प्रतिबद्धताको कार्यान्वयनलाई तीव्रता दिन अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरे ।












समाचार
अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित
निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक
बाढीपछिको पुनः स्थापना र पुनर्निर्माणका लागि अमेरिकाले थप ३१ मिलियन डलर सहयोग गर्ने
नेपाल र ग्रेनाडाबिच कूटनीतिक सम्बन्ध स्थापना
आज संसद बैठक बस्दै, के-के छन् कार्यसूची ?
फ्लाई दुबईले आजदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान गर्ने
आज देशैभर कांग्रेसको पालिका अधिवेशन
देशभर दोहोरो वायुको प्रभाव, चार प्रदेशमा भारी वर्षाको सम्भावना
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
सेबोनको नयाँ आईपीओ मापदण्डको प्रस्तावमा इप्पानको आपत्ति, जलविद्युतलाई छुट्टै व्यवस्था गर्न माग