
प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१ औँ महासभालाई सम्बोधन गर्दै नेपालको भोटेकोशी–त्रिशूली बाढीलाई विश्वका लागि जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गरेका छन् । उनले जलवायु न्याय, हिमालयको सुरक्षा, विपद् पुनर्निर्माणदेखि विश्वव्यापी हतियार आपूर्ति र किसानले मल इन्धन नपाउने अवस्थासम्मका विषय उठाए ।
उनको सम्बोधनका मुख्य पञ्चलाइन यस्ता छन् ।
१. “भोटेकोशी–त्रिशूली विपद् स्थानीय त्रासदी मात्रै होइन, विश्वका लागि चेतावनी हो।”
२. “जलवायु परिवर्तनले सीमा चिन्दैन, हिमनदी र बाढीले पासपोर्टमा भिसा लगाएर यात्रा गर्दैनन्।”
३. “नेपालले सिर्जना नगरेको जलवायु संकटको ठूलो मूल्य नेपालले चुकाइरहेको छ ।”
४. “जलवायु न्याय संयुक्त राष्ट्रसंघका दस्तावेजमा सुन्दर वाक्य मात्रै हुनुहुँदैन ।”
५. “राहत, पुनःस्थापना, पुनर्निर्माणसँगै जिम्मेवारी, क्षतिपूर्ति र उत्थानशीलता चाहिन्छ ।”
६. “घरमा आगो लाग्दा परिवारलाई ५० वटा फाराम भर्न लगाउँदैनौँ, हामी काम गर्छौँ ।”
७. “युद्धका लागि सामान आपूर्ति गर्न सजिलो छ, तर खाद्यान्नका लागि निकै कठिन संसार बनाएका छौँ ।”
८. “७२ घण्टामा संसारको जुनसुकै ठाउँमा हतियार पु¥याउन सक्ने विश्वले किसानलाई जीविकोपार्जनका साधनबाट वञ्चित गर्ने बहाना बनाउन सक्दैन ।”
९. “एक किसानले समयमा मल र इन्धन पाउँदैन, तर अन्तरमहादेशीय क्षेप्यास्त्र समयमै पुग्छन् ।”
१०. “विश्वको छानोबाट अर्को चेतावनी आउँदा सुनौँ मात्रै होइन, त्यसअनुसार काम गर्न पनि तयार रहौँ ।”











समाचार
सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल
आज इन्द्रजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक विदा
एसियाली राजमार्गः स्टिल अभावले पुल निर्माण प्रभावित
प्रतिकूल मौसम र भारी वर्षाको जोखिमका कारण धवलागिरि हिमाल आरोहण टोली आधार शिविरबाट फर्कियो
अलैँची टिप्न र सुकाउन व्यस्त छन् भोजपुरका किसान
एसियन गेम्स पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानसँग खेल्दै
धादिङको कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
प्रधानमन्त्री शाहले यूएन महासभामा भने– ‘नेपालबाट आएको यो चेतावनी मानवताका लागि हो’
प्रधानमन्त्री बालेन र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
आजको मौसम : यी स्थानमा अति भारी वर्षाको सम्भावना