
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने शुक्रबार भारत भ्रमणमा निस्किएका छन्। आफ्नो यात्रालाई विशुद्ध व्यक्तिगत र धार्मिक भ्रमणका रूपमा व्याख्या गर्दै उनले यसलाई राजनीतिक अर्थ नलगाउन आग्रह गरेका छन्। कारागारमा रहँदा गरेको भाकल पूरा गर्न भारत जान लागेको उनको भनाइ छ। तर नेपाली राजनीतिमा नेताहरूको भारत भ्रमणलाई चासोका साथ हेरिने परम्पराका कारण लामिछानेको यात्राले पनि राजनीतिक वृत्तमा विभिन्न प्रश्न जन्माएको छ ।
शुक्रबार बिहान काठमाडौँबाट हवाईमार्ग हुँदै कैलालीको धनगढी पुगेका लामिछाने पत्नी निकितासहित सडकमार्गबाट कञ्चनपुर हुँदै भारत प्रवेश गरेका हुन् । उनी पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै भारत गएका छन् ।
लामिछानेले भारतको उत्तराखण्डस्थित नैनीतालमा रहेको कैँचीधाम पुग्ने आफ्नो पुरानो इच्छा रहेको बताएका छन् । कारागारमा रहँदा त्यहाँ पुगेर पूजा गर्ने भाकल गरेको र अहिले त्यसलाई पूरा गर्न परिवारसहित भ्रमणमा निस्किएको उनको भनाइ छ ।
आफ्नो भ्रमणमा कुनै राजनीतिक भेटघाटको कार्यक्रम नरहेको दाबी गर्दै लामिछानेले व्यक्तिगत विषयमा अनावश्यक राजनीतिक ‘खिचडी’ नपकाउन आग्रह गरेका छन्। उनको भ्रमण तालिकामा उत्तराखण्डको कैँचीधामसँगै आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा पूजाअर्चना गर्ने कार्यक्रम पनि छ।












समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम