
काठमाडौं । नेपाल बौद्ध महासंघअन्तर्गतको बौद्ध विद्यालय समिति नेपालको नयाँ नेतृत्व चयन भएको छ । काठमाडौंमा सम्पन्न देशभरका गोन्पा विद्यालयहरूको बृहत् भेलाले टासी थुण्डु शेर्पाको अध्यक्षतामा सात सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
कार्तिक २० गते नेपाल बौद्ध महासंघको सभाहलमा आयोजित भेलाबाट उपाध्यक्षमा पासाङ शेर्पा, महासचिवमा झाविन्द्र कुमार सुवेदी, सचिवमा पेम्बा छिरी शेर्पा र कोषाध्यक्षमा राश्मी केसी निर्वाचित भएका छन् । त्यस्तै, सदस्यहरूमा राजु गुरुङ र तेन्पा ग्याल्छेन चयन भएका छन् ।

नेपाल बौद्ध महासंघका अध्यक्ष तथा बौद्ध विद्यालय समिति नेपालका संयोजक नुर्बु थुन्डु शेर्पाको अध्यक्षतामा सम्पन्न भेलामा २५ भन्दा बढी गोन्पा विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधिहरू सहभागी थिए । नवनिर्वाचित अध्यक्ष शेर्पाले गोन्पा विद्यालयहरूको शैक्षिक गुणस्तर अभिवृद्धि, संस्थागत व्यवस्थापन, नीतिगत कार्यान्वयन तथा परम्परागत बौद्ध शिक्षाको संरक्षणका लागि नयाँ समितिले प्राथमिकताका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।











समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम