
यसवर्षको धान रोपाइँ लगभग सकिएको छ । अब केही ठाउँमा मात्रै रोपाइँ बाँकी रहेको कृषि मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार यसवर्ष समयमै भएको वर्षा र रासायनियक मलको उपलब्धताले धान रोपाइँको क्षेत्रफल बढेको छ ।
कुल रोपाइँ हुने क्षेत्रफलको ९९ प्रतिशतभन्दा धेरै रोपाइँ भइसकेको छ । देशभर १३ लाख ९८ हजार ९ सय हेक्टरमा रोपाइँ हुने गरेकोमा यसवर्ष हिजोसम्म १३ लाख ७७ हजार २ सय हेक्टरमा रोपाइँ भएको छ । गएको वर्षको तुलनामा ६ प्रतिशत बढी रोपाइँ भएको कृषि विकास मन्त्रालयले जनाएको छ ।
रोपाइँ हुने क्षेत्रफल बढेसँगै यस वर्ष धानको उत्पादन बढ्ने अपेक्षा गरिएको छ । मन्त्रालयका अनुसार सुदूरपश्चिममा १ लाख ७४ हजार ५ सय ७६ हेक्टरमा धान रोपाइँ हुने गरेकोमा शतप्रतिशत रोपाइँ भएको छ । कर्णालीमा ४१ हजार ९ सय ४ हेक्टरमा रोपाइँ हुने गरेकोमा ९९ प्रतिशत भइसकेको छ ।
मधेशमा ३ लाख ८६ हजार १ सय ५० हेक्टरमा धान खेती हुने गरेकोमा यस वर्ष ९७ प्रतिशत रोपाइँ भएको छ । लुम्बिनी प्रदेशमा ३ लाख ११ हजार ६ सय ४३ हेक्टरमा रोपाइँ हुने गरेकोमा ९८ प्रतिशत रोपाइँ सकिएको छ । कोशीमा २ लाख ७६ हजार ३ सय ८६ हेक्टरमा रोपाइँ हुने गरेकोमा ९९ प्रतिशत भइसकेको छ ।
बाग्मतीमा १ लाख १२ हजार २ सय ७३ हेक्टरमा रोपाइँ हुने गरेकोमा ९९ प्रतिशत रोपाइँ सकिएको छ । गण्डकीमा ९६ हजार ५३ हेक्टरमा रोपाइँ हुने गरेकोमा ९८ प्रतिशत भइसकेको छ । कृषि मन्त्रालयका अनुसार करिब ६२ प्रतिशत परिवारको मुख्य पेशा कृषि रहेको छ र कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २४ प्रतिशत छ ।













समाचार
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अनलाइन जुवा खेलाएको आरोपमा भारतीय सहित ४२ जना पक्राउ
उद्योग वाणिज्य महासंघको यातायात समितिको उपसभापतिमा मेघराज पौडेल
भदौमा ई–कमर्सको कारोबार रकम बढ्यो
ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित
सेयर बजारमा इन्ट्राडे कारोबारको तयारी, बोर्डले ल्यायो अवधारणापत्र
भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन
सेयर बजार ११ अंकले बढ्यो, कारोबार ५ अर्ब ४४ करोड माथि