
शनिबार अमेरिकी डलर र युरोको मूल्य सामान्य घटेको छ । अघिल्लो दिन अधिकांश विदेशी विनिमयको दर बढेको थियो भने आज घटेको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरिददर १३३ रुपैयाँ ९३ प्रसा र बिक्रीदर १३४ रुपैयाँ ५३ रुपैयाँ कायम भएको छ । अघिल्ला दिन एक अमेरिकी डलरको खरिददर १३४ रुपैयाँ ३ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६३ पैसा रहेको थियो । त्यस्तै आज युरोको विनिदमयदर पनि सामान्य घटेको छ । आज एक युरोको खरिददर १४८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १४९ रुपैयाँ ५० पैसा कायम भएको छ । अघिल्लो दिन युरो एकको खरिददर १४९ रुपैयाँ २७ पैसा र बिक्रीदर १४९ रुपैयाँ ९४ पैसा रहेको थियो ।
यसैगरी शुक्रबार बेलायती पाउण्डको विनिमयदर स्थिर रहेको छ । आज एक पाउण्डको खरिददर हिजोकै मूल्य १७५ रुपैयाँ ७६ पैसा र बिक्रीदर १७६ रुपैयाँ ५५ पैसा कायम भएको छ । राष्ट्र बैंकका अनुसार आज अष्ट्रेलियन डलर एकको खरिद दर ९० रुपैयाँ १४ पैसा र बिक्रीदर ९० रुपैयाँ ५५ पैसा कायम भएको छ । त्यस्तै आज क्यानडियन डलर एकको खरिददर ९८ रुपैयाँ ५७ पैसा र बिक्रीदर ९९ रुपैयाँ ०१ पैसा रहेको छ । शनिबार सिंगापुर डलर एकको खरिददर १०२ रुपैयाँ ३४ पैसा र बिक्रीदर १०२ रुपैयाँ ८० पैसा कायम भएको छ ।
आज जापानी ऐन १० को खरिददर ९ रुपैयाँ १७ पैसा र बिक्रीदर ९ रुपैयाँ २१ पैसा, चाइनिज युआन १ को खरिददर १८ रुपैयाँ ७७ पैसा र बिक्रीदर १८ रुपैयाँ ८५ पैसा रहेको छ । त्यस्तै आज साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ ६९ पैसा र बिक्री दर ३५ रुपैयाँ ८५ पैसा रहेको छ । त्यस्तै कतारी रियाल १ को खरिददर ३६ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८९ पैसा कायम भएको छ । शनिबार लागि राष्ट्र बैंकले युएइ दिराम १ को खरिदर ३६ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६३ पैसा तोकेको छ ।
त्यस्तै मलेसियन रिंगिट एकको खरिददर ३० रुपैयाँ ६१ पैसा र बिक्री दर ३० रुपैयाँ ७५ पैसा रहेको छ । मंगलबार दक्षिण कोरियन वन १०० को खरिददर १० रुपैयाँ १ पैसा छ भने बिक्री दर १० रुपैयाँ ६ पैसा रहेको छ ।












समाचार
शेखरले एसियाली आईटीएफ खेल्ने
पोल्ट्री व्यवसायीलाई प्रशिक्षण
राष्ट्रपतिसमक्ष एनआरएनएको शिष्टाचार भेट, विश्व ज्ञान सम्मेलनको अवधारणापत्र प्रस्तुत
वीरगञ्ज नाकाबाटको २ खर्ब ३८ अर्ब पेट्रोलियम पदार्थ आयात
नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको ध्यानाकर्षण तथा अपिल
सामाजिक सद्भाव कायमका लागि सक्रिय रहन प्रदेश महासंघ तथा जिल्ला/नगर संघहरूलाई महासंघको आह्वान
छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार
सामाजिक सद्भाव र शान्ति कायम गर्न इप्पानको अपिल
साउन १५ को अवसरमा १ अर्बभन्दा बढीको दूध कारोबार
नेपाली पर्वतारोहीको उद्धारका लागि परराष्ट्र मन्त्रालयद्वारा पाकिस्तानसँग समन्वय