
थारू समुदायका युवाले धार्मिक तथा सामाजिक कथावस्तुमा अभिनय र नाच प्रस्तुत गरी नाचिने थारु समुदायको प्राचीन नृत्यलाई संग्रहित गर्ने अभियान थालेका छन् । पछिल्लो समय थारू समुदायमा परम्परागत रुपमा नाचिने धुम्रानाच युवा पुस्तामा हराउँदै जान थालेपछि संरक्षण र सम्वर्द्धनका लागि प्राचीन नृत्यलाई संग्रहित गर्न थालेका हुन् ।
रामधुनी ९ स्थित डुम्राहा थारू टोलबाट छायांकन सुरु गरिएको छ । समुदायको धार्मिक चित्रण, समुदाय भित्रको एकता, पारिवारिक एकता र परदेश गएका श्रीमानको बिछोडको बिरह लगायत प्रकृतिसँग गाँसिएको सम्बन्धको बारेमा अभिनय प्रस्तुत गरी धुम्रानाच नाच्ने गरिन्छ । नटुवा, मृदंगीया, झाइल वादक र गवैयाको सहभागितामा नाचिने धुम्रानाचलाई समुदायमै गएर संकलन गरेर संगीतबद्ध गरिएको हो ।
समुदायको कला संस्कृति जगेर्नाका लागि अभियान सुरु गरेको थारु अगुवा सुनिल चौधरीले जानकारी दिए । गीतमा अनुमा चौधरी, सिर्जना चौधरी र रन्जना चौधरीले स्वर दिएकि छिन् । सङ्गीत संयोजनमा भने गणेश चौधरी रहेका छन् । श्रवण चौधरीले निर्देशन गरेको म्युजिक भिडिओमा रामधुनी, वराहक्षेत्र, इटहरी, दुहबी, खनार, चितवन लगायतका युवा कलाकारको अभिनय रहेको छ । कोरियोग्राफी उदयपुर चौदण्दीगढीका शिव चौधरीले गरेका छन् ।
रामधुनी ९ वडा कार्यालय र दुहबी नगरपालिकाका लेखा अधिकृत दिपेन्द्र चौधरीको आर्थिक सहयोगमा भिडिओ निर्माण भएको संयोजक सुनिल चौधरीले जानकारी दिए । सुनिलका अनुसार थारू समुदायमा प्राचीनकालमा सामूहिक मनोरञ्जनका लागि धुम्रानाच नचाउने चलन रहेको थियो । गाउँटोलमा कुनै शुभ कार्य तथा अवसरको आयोजनामा धुम्रानाच आयोजना गरेर सामूहिक मानोरञ्जन गर्ने भएकाले नृत्यलाई सामाजिक एकताको सन्देश बाहकका रुपमा मानिन्छ ।
थारु समुदायको संस्कृति र परम्परासँग जोडिएको मौलिक नृत्य धुम्रानाचमा समाजमा रहेको सकारात्मक गतिविधिलाई गीतमार्फत प्रस्तुत गरी नृत्य गरिन्छ ।













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व