
कृष्ण जन्माष्टमीको अवसर पारेर काभ्रेपलान्चोक जिल्लाको विभिन्न स्थानमा आयोजना गरिएको कन्या पूजामा दश हजारभन्दा बढी कन्याहरू पुजिएका छन् । एक सय बाइस वर्ष पहिले बनेपाको पुरानो बजारस्थित भोलाखाँ टोलबाट सुरु भएको कन्या पूजा पछिल्लो समय बनेपाको साथै जिल्लाको पनौती, धुलिखेल, नमोबुद्ध नगरपालिकाको विभिन्न स्थानमा समिति बनाएर नै कन्या पूजा सुरु गरिएको हो ।
१२२ वर्ष पहिलेदेखि सनातन कन्या पूजा प्रबन्ध समितिले सोमबार बनेपामा आयोजना गरेको कन्या पूजामा करिब सात हजार कन्याहरू पुजिएको समितिका सचिव सुरकृष्ण वैद्यले जानकारी दिए । उनले कन्याहरूको सुख, शान्ति, समृद्धि र निरोगिताको लागि सनातन कन्या पूजा प्रबन्ध समितिले हरेक वर्ष कृष्ण जन्माष्टमीको दिनमा कन्या पूजा गर्दै आएको बताए । उनले बनेपालीहरुले वि.सं. १९५९ देखि रजस्वला नभएका कन्याहरूको पूजा गर्दै आएको बताए ।
रजस्वला नभएका कन्याहरूको पूजा गर्नाले उनीहरूमा सुःख, शान्ति, समृद्धि छाउने जनविश्वास रहेको पाइन्छ भने यो पूजामा सहभागी भएका कन्यामा रहको रोग समेत हटेर जाने विश्वास छ । कन्याहरूलाई विशेषगरि स्वारी र मालपुवा, पैसा, जेरी, बिस्कुट, छोकडा, काजु दिनुको साथै उनीहरूको टाउकोमा तेल हालिदिएर उनीहरूको पूजा गरिँदै आएको सचिव वैद्यले बताए ।
बनेपाको भोलाखाँ टोलबाट सुरु भएको कन्या पूजा बनेपाको भित्रीबजारदेखि चार दोबाटोसम्मको दायाँबायाँ सडकमा राखेर कन्याहरू पुजिने प्रचलन रहेको छ । सोमबार भएको कन्या पूजामा सहभागिता जनाउनका लागि बनेपाका साथै जिल्लाका विभिन्न स्थान र भक्तपुर, सिन्धुपाल्चोक लगायतका छिमेकी जिल्लाबाट समेत कन्याको सुःख, समृद्धिका लागि कन्या पुज्न बनेपा ल्याइएको थियो कृष्ण जन्माष्टमीको अवसरमा बनेपाको पुरानो बजारका साथै बनेपा कै बुडो, सिनागाल, पुलबजार, थापागाउँ, भैंसेपाटी, धनेश्वर, धुलिखेल, छत्रेबाँझ दाप्चा, साँगा र खड्पु, पनौतीमा समेत सयौँ कन्याहरू पुजिएका छन् । यस वर्ष बनेपाका साथै अन्य स्थानमा गरी जिल्लामा दश हजार भन्दा बढी कन्याहरू पुजिएका छन् ।













समाचार
करिब ६४७ किलो गाँजासहित दुई जना पक्राउ
ट्रम्पको हेलिकप्टर यात्रुवाहक विमानसँग अत्यन्त नजिक पुगेको घटना छानबिनमा
आयल निगमको कार्यकारी निर्देशकमा साह नियुक्त
अन्तर्राष्ट्रिय मापदण्डअनुसारको लेखापरीक्षण आवश्यक : अध्यक्ष अग्रवाल
लोअर ठुलोखोला जलविद्युत आयोजना निर्माणका लागि नेपाल बैंक र चितवन इनर्जीबीच कर्जा सम्झौता
नागरिक लगानी कोषको कार्यकारी निर्देशक पदका लागि पाँच जना परे संक्षिप्त सूचीमा, २५ गते अन्तर्वार्ता हुने
सूचीकृत कम्पनीहरूलाई असोज मसान्तभित्र वार्षिक नवीकरण शुल्क बुझाउन नेप्सेको निर्देशन
मेटाले एआई कोडिङ एजेन्ट ‘म्युज कोड’ सार्वजनिक गर्यो
अब अनलाइनबाट कन्सुलर प्रमाणीकरण सेवा
आमसञ्चारसम्बन्धी तीन प्रमुख ऐनलाई एकीकृत गरी नयाँ विधेयक तर्जुमा तयारी