काठमाडौं । यस वर्षको शरद ऋतुमा हिमाल आरोहणका लागि ३६ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार शनिबारसम्म तीन वटा हिमाल चढ्न आठ समूहका ३६ जना आरोहीले अनुमति लिएका हुन् ।
विभागका पर्यटन तथा पर्वतारोहण शाखाका निर्देशक राकेश गुरुङका अनुसार विश्वको आठौँ अग्लो हिमाल मनासलुसहित तीन हिमाल चढ्न ३६ जना आरोहीले अनुमति लिएका छन् । जसमध्ये मनासलु, अन्नपूर्ण चौथो र पुथा हिमाल आरोहणका लागि विभागले अनुमति दिएको छ ।
आरोहण अनुमति खुला गरिएको पछिल्लो एक सातामा सेभेन समिटबाट १५ जना, एट के एक्सपिडिसनबाट १५ जना र मकालु एड्भेन्चरबाट छ जनाले आरोहण अनुमति लिएको उनले जानकारी दिए ।
आरोहण अनुमति लिएका आरोही बेलायत, अमेरिका, भारत, जर्मनी, बेलारुस, सिङ्गापुर, दक्षिण कोरिया, फ्रान्स, स्विट्जरल्यान्ड र बेल्जियमका नागरिक छन । वसन्त ऋतुमा हिउँ बढी जम्मा हुने भएकाले शरद ऋतुका लागि मनासलु आरोहण उपयुक्त मानिन्छ । मनासलु आरोहणका लागि गत वर्षको शरद ऋतुमा २६ आरोही समूहका ६५ महिलासहित ३०१ आरोहीले आरोहण अनुमति लिएका थिए ।
मनासलु आरोहणलाई व्यवस्थित र सुरक्षित बनाउन पर्यटन विभाग र सरोकारवालाबिच अनौपचारिक छलफल जारी रहेको जानकारी दिँदै निर्देशक गुरुङले यो महिनाको अन्त्यसम्म मनासलुको चुचुरोसम्म बाटो बनाएर आरोहण सुरु गरिने जानकारी दिए । गत वर्ष भदौ ३१ गते मनासलुमा पहिलो आरोहण भएको थियो ।
हिउँदे सिजनलाई सगरमाथा आरोहण गर्न जानुअघि तयारी गर्ने समयका रूपमा लिइने भएकाले हिउँदे पर्वतारोहणतर्फ मनासलु, चो–ओयु, धवलागिरि, अन्नपूर्ण तेस्रो, आमादब्लमलगायतका हिमालमा बढी आकर्षण हुने गरेको छ । विभागले वर्षमा मार्च, अप्रिल, मेमा पर्ने वसन्त र सेप्टेम्बर, अक्टोबर र नोभेम्बरमा पर्ने शरद ऋतुमा हिमाल आरोहण खुलाउने गरेको छ ।













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह