
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले संस्कृति, पर्यटन र नागरिलाई जोड्न सक्नुपर्ने बताएका छन् । आज ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) को ४६ औँ वार्षिक साधारणसभामा बोल्दै मन्त्री पाण्डेले यस्तो बताएका हुन् ।
यी सबै क्षेत्रका लागि नागरिक उड्डयन पक्ष बलियो हुनुपर्ने आवश्कयकता रहेको उनले बताए । संस्कृति र पर्यटनलाई विकास गर्नका लागि नागरिक उड्डयन बलियो हुनु पर्ने मन्त्री पाण्डेको भनाइ छ । ‘हाम्रो देशमा पर्यटन क्षेत्रको विकास गर्ने हो भने प्रत्यक पर्यटकलाई सुरक्षाको विषयमा आश्वस्त पार्नु पर्छ’, उनले भने । यस्तो गर्न सकिने भने पर्यटन क्षेत्रको विकास गर्न सकिँदैन ।
निजी क्षेत्रको सहयोग यो क्षेत्रमा निकै महत्वपूर्ण योगदान रहने उनले बताए । ‘हाम्रो नेपालमा ट्युइनेटर विमान जम्मा ११ वटा चलिरहेको अवस्था छ । हेलिकप्टरमा पनि केही दर्शन छन्,’ उलने भने । हवाइ उड्डयनलाई सुरक्षित बनाउनुपर्ने आवश्यकता रहेको उनले बताए ।
प्राकृति रुपमा रहेको सम्पतिको प्रचार गर्न नसकिएको उनको भनाइ छ । यो मन्त्रालय सरकारको मात्रैभन्दा पनि निजी क्षेत्रको मन्त्रालय हो । ‘यो मन्त्रालय आफ्नो पनि हो भन्ने भावना नभएर सम्मका लागि मन्त्रालय अघि बढ्न सक्दैन,’ उलने भने । मन्त्रालय निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको उनले आश्वस्त पारे ।
दुई ठूला दलको सरकार बनेको खण्डमा सबैलाई मिलाएर लैजाने उनको भनाइ छ । आवश्यक ऐन, कानुनहरु परिमार्जन गर्नका लागि पनि सरकार तयार रहेको उनले बताए । अहिलेको सरकारले जस र अपजसको अवनत्व लिएर अघि बढ्ने उनको भनाइ छ । ‘छोरा पुस्तालाई नेपालमा बस्ने वातावरण बनाउनका लागि यो पुस्ताले त्याग गर्नु पर्ने अवस्था आएको छ,’ मन्त्री पाण्डेले भने ।













समाचार
नेप्सेको सीईओका लागि ४ जनाको नाम सर्टलिस्ट, असोज २३ गते अन्तर्वार्ता र प्रस्तुतीकरण
सिमसार मासिँदै, कछुवा हराउँदै : संकटमा प्राकृतिक बासस्थान !!
शुक्ला हिलेटारलाई धार्मिक पर्यटकीय स्थल बनाउन पहल
अमलेखगन्ज-लोथर पेट्रोलियम पाइपलाइन : ‘ल्याण्ड फिलिङ’को काम धमाधम
महोत्तरीमा ओल किसानको व्यस्तता बढ्यो
सुन्तलामा रोग लागेपछि किसान चिन्तामा
राष्ट्र बैंकद्वारा एकीकृत परिपत्र संशोधन: भुक्तानी सीमा वृद्धि
२७ जलविद्युत् आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाट उत्पादनको बाटो खुल्यो
मुस्ताङका कृषक मर्कामा : बोटमा स्याउ अडिँदैन, ढुवानीका लागि बाटो छैन
दोहोरो वायुको प्रभाव कायमै, कस्तो रहला आजको मौसम ?