
एजेन्सी । अमेरिकाको सबैभन्दा व्यस्त हार्ट्सफिल्ड–ज्याक्सन एटलान्टा अन्तर्राष्ट्रिय विमानस्थलमा दुई वटा डेल्टा एयरलाइन्सका विमानहरू एक आपसमा ठोक्किएका छन् । यो घटना स्थानीय समयअनुसार मंगलबार बिहान करिब १० बजे भएको हो ।
टोकियो जान लागेको डीएल२९५ फ्लाइटले टेकअफको क्रममा लुइजियानातर्फ जान लागेको डीएल५५२६ फ्लाइटको पछाडिको भाग ठक्कर दिएको हो । यो ठक्करपछि क्षेत्रीय जेट एन्डेभर एयर सीआरजे ९० को पुछार भाँचिएको छ भने एयरबस ३६० को पखेटामा क्षति पुगेको छ।
प्रत्यक्षदर्शीहरूले खिचेका तस्वीरहरूमा लुइजियानातर्फ जाने विमानको पछाडिको भाग लगभग ९० डिग्रीको कोणमा बाङ्गिएको देखिएको छ । अहिलेसम्म दुबै विमानमा भएका २७७ यात्रुमध्ये कसैलाई पनि चोटपटक नलागेको खबर छ ।
फेसबुक प्रतिक्रिया













समाचार
राष्ट्रियसभाको बैठक बस्दै
धितोपत्र बोर्डद्वारा मार्जिन लेण्डिङ र सर्ट सेलिङसम्बन्धी अवधारणापत्र सार्वजनिक, सरोकारवालासँग सुझाव माग
हिमपहिरोपछि निर्मल पुर्जासहित १० जना आरोही सम्पर्कविहीन
मौलिक संस्कृतिः खिर खाएर मनाइँदै साउन १५
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल