
काठमाडौं । ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) पूर्वअध्यक्ष रमेश धमलाले पर्यटन क्षेत्रले १० औँ लाखलाई राजगारी दिन सक्ने बताएका छन् । आज टानको ४६ औँ वार्षिक साधारणसभामा बोल्दै पूर्वअध्यक्षले यस्तो बताएका हुन्।
रोजगारीका लागि विदेश गइरहेको अवस्थामा नेपालमा नै रोजगारी पाउन सक्ने क्षेत्रलाई राज्यले ध्यान नदिएको पूर्वअध्यक्ष धमलाले बताए । यसका लागि सरकारले केही सुधार गरेको खण्डमा नेपालमा रोजागरी सृजना हुने उनको भनाइ छ । त्यस्तै पर्यटन क्षेत्रले सरकारको जीडीपीमा ७ प्रतिशत योगदान पुर्याएको अवस्थामा सरकारले यो क्षेत्रका लागि आवश्यक पर्ने कानुनहरु निर्माण गर्नु पर्ने उनले बताए ।
‘पर्वतारोहण क्षेत्रमा निकै समस्याहरु आइरहेको छ । यस्तो समस्याहरुलाई उजागर गरेर अघि बढ्नु पर्ने हुन्छ,’ उनले भने। अहिले पनि पुरानो ऐनका आधारमा काम भइरहेको भन्दै यसमा सरकराले ध्यान दिनु पर्ने उनको भनाइ छ । सरकारले निजी क्षेत्रसँगको सहकार्यमा आवश्यक विमानहरु खरिद गर्नुपर्ने आवश्यक रहेको उनकाले बताए ।













समाचार
एनपीएल २०२६ को मिति घोषणा, कात्तिक ९ देखि सुरु हुने
ओमानमा नेपाली उत्पादनको बजार विस्तार गर्ने समझदारी
ग्यासमा कालोबजारी गरेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ
बन्द र घाटामा थलिएका केही उद्योगमा आशालाग्दा परिणाम देखिन थाले : प्रधानमन्त्री शाह
ढोरपाटन सिकार आरक्षमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी
पाटन बारका तीन समूहबिच प्रतिस्पर्धा हुँदै
सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक निर्माणले गति लिन्छ : मन्त्री लम्साल
जुम्लामा ४८ करोड राजस्व सङ्कलन
सुर्खेतमा सामुदायिक वनमा लुकाइराखेको तीन थान भरुवा बन्दुक बरामद
पोखरामा श्रीलंकाली अलराउन्डर लक्षण