
काठमाडौं । हालै मात्र सर्वोच्च अदालतले अंग प्रत्यारोपण सम्बन्धी सेवामा अंग लिने र दिनेबीच अलि फराकिलो व्यवस्था अपनाउन आदेश दिएको छ । सर्वोच्च अदालतले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई मानव शरीरको अङ्ग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन २०५५ लाई आवश्यक परिमार्जन गर्न भनेको हो ।
योसँगै अबदेखि मृर्गौला फेल भएर प्रत्यारोपणको पर्खाइमा बसेका तर अंग दिन नातेदार तयार भए पनि कानुनी अवरोधका कारण अंग प्रत्यारोपण गर्न रोकिएकालाई लाभ हुने भएको हो । झापाका विष्णुबहादुर खत्रीले फुपूकी छोरी (भान्जी बहिनी) को मृगौला प्रत्यारोपणका लागि प्रक्रिया अघि बढाएका थिए तर किस्ट मेडिकल कलेजले कानुनी समस्या देखाउँदै प्रत्यारोपण गर्न अस्वीकार गरेको थियो । यसैको विरुद्धमा मृगौलाका विरामी खत्री सर्वोच्च अदालतमा रिट लिएर गएका थिए ।
यही रिटको फैसलामा सर्वोच्चले नातेदारसम्बन्धी हालको कानुनी परिभाषा फेरेर भए पनि अंगदानलाई सहज बनाउन सरकारलाई आदेश दिएको हो । सर्वोच्चले मामाका छोरा र फुपूकी छोरीबीच पनि अंगदान हुने गरी व्यवस्था गरी दिएको हो । सो रिटमा सुनुवाइ गर्दै न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र कुमार चुडालको संयुक्त इजलासले यस्तो फैसला गरेको हो । ‘यी निवेदकको जीवन जोखिममा रहेको अवस्थालाई समेत दृष्टिगत गर्दा विपक्षी किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालको मिति २०८०/०३/२४ को निर्णयले निज निवेदकको जीवन बाँच्न पाउने नैसर्गिक हकमा नै आघात पुग्न सक्ने भएकाले सो निर्णय उत्प्रेषणको आदेशले बदर भई निवेदनमा उल्लेख भएबमोजिम निवेदकले फुपूकी छोरी अर्थात् बहिनी सरहको नाताकी लक्ष्मी विष्ट (घिमिरे) ले स्वैच्छिक रूपमा मृगौला अङ्गदान गर्न चाहेमा चिकित्सकीय रीत पुर्याई मृगौला दान गरी प्रत्यारोपण गर्नु गराउनु भनी निवेदकको मागबमोजिम परमादेशको आदेश जारी गरी दिएको छ,’ फैसालामा भनिएको छ ।
यस्तै स्वेच्छापूर्वक विनाखरिद–विक्री मानव जीवन रक्षाको पवित्र भावका साथ अंग दान एवं ग्रहणलाई नातेदारको सीमाभित्र संकुचन गर्न स्वभाविक रूपमा व्यवहारतः मिल्न नआउने सर्वोच्चको ठहर गरेको छ । अहिले अंग प्रत्यारोपण ऐन, अनुसार नेपालमा परिवारका सदस्य र नजिकका नातेदारले अंग (मिर्गौला) दान गर्न सक्ने व्यवस्था छ । ऐनमा पति, पत्नी, छोरा, छोरी, धर्मपुत्र, धर्मपुत्री, बुबा, आमा, धर्मपुत्री वा धर्मपुत्र राख्ने बाबुआमा, झड्केला बुबा, सौतेनी आमा, बाजे, बज्यै, नाति, नातिनी, दाजु, भाइ, दिदी, बहिनीले मिर्गौला दिन सक्छन् ।
यसका साथै ठूलोबुबा, ठूलीआमा, काका, काकी, सानोबुबा, सानीआमा, भतिजा, भतिजी, सासू, ससुरा, जेठाजु, जेठानी, देवर, देवरानी, भाउजू, बुहारी, मामा, माइजू, भान्जा, भान्जी, साला, साली, फुपू, फुपाजु, आमाजू, भदा, भदै, भिनाजु, ज्वाइँ, जेठानले पनि मिर्गौला दिन सक्छन् । धर्मपुत्र, धर्मपुत्री, धर्मपुत्र राख्ने बुबाआमा र वैवाहिक सम्बन्धबाट कायम भएको नाताको हकमा कम्तीमा २ वर्षदेखि अटुट रूपमा नाता सम्बन्ध कायम रहेको अवस्थामा मात्रै मिर्गौला दान गर्न पाइने ऐनमा व्यवस्था छ ।













समाचार
सुप्रिम वाइन नेपालले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा नेशनल क्यापिटल नियुक्त
करदाता प्रोत्साहन उपहार कार्यक्रमलाई सहजीकरण गर्न राष्ट्र बैंकको निर्देशन
बाढीपहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
नेशनल हाइड्रोको स्थगित साधारणसभा नयाँ मिति घोषणा
विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
कुमारी बैंकको १५ हजार कित्ता संस्थापक सेयर विक्रीमा
आरम्भ चौतारी लघुवित्तको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त
होर्मुजमा जहाज आवागमन ठप्प प्रायः, समुद्री सुरक्षाका लागि साउदीको नयाँ पहल
असुल गरिएको शिक्षा र स्वास्थ्य समता शुल्क १५ दिनभित्र सम्बन्धित सेवाग्राहीलाई फिर्ता हुने