
काठमाडौं । भाटभटेनी सुपरमार्केट्सले २ अर्ब लगानीमा चितवनको टाँडीमा २९औं स्टोर सञ्चालनमा ल्याउने भएको छ । पोखरामा तीन दिनअघि भाटभटेनीले २८औं स्टोर निर्माणका लागि भूमि पुजन गरेको थियो । भाटभटेनी सुपरमार्केट्सका अध्यक्ष तथा प्रबन्ध निर्देशन मीनबहादुर गुरुङले २९औं स्टोर चितवनको टाँडीस्थित शान्तिचोकमा सञ्चालनमा ल्याउन लागिएको जानकारी दिए ।
एक वर्षभित्रैमा उनले सो स्टोर सञ्चालनमा ल्याउने तयारी गरिएको भए पनि केही प्राविधिक कामले ढिलाइ भए १४ महिनाभित्रमा सञ्चालनमा आउने बताए । उनले कोरोनाकालमा इटहरीदेखि झापासम्म स्टोर बनाएर सञ्चालनमा ल्याएको भाटभटेनीले यो २९औं स्टोरले पूर्वि चितवनको टाँडी क्षेत्रका जनतालाई सहजता प्रदान गर्ने जनाएको छ । टाँडीमा सञ्चालनमा आउन लागेको स्टोर बेसमेन्टसहित ७ तलाको हुनेछ ।
एक तलामा ४६ हजार स्क्वायर फिट रहन्छ । चितवनमा नक्सा पासदेखि, कित्ताकाटलगायतका काम तत्कालै भए एक वर्षभित्रै स्टोर सञ्चालनमा आइसक्नेछ । चितवनकै भरतपुरमा भाटभटेनीको अर्को स्टोर भने पहिल्यै सञ्चालनमा आइसकेको छ । चितवनस्थित नयाँ स्टोरमा करिब पाँच सयले रोजगारी प्राप्त गर्ने जनाइएको छ ।
यसअघि भाटभटेनीले देशका विभिन्न स्टोरमा ७ सय बढीलाई पार्टटाइम काम दिएको छ । १८ देखि २१ वर्ष उमेर समूहका युवायुवतीलाई लक्षित गरेर काम दिइएको छ । उनीहरुले आफ्नो अध्ययनलाई जारी राखेर काम गर्न पाउनेछन् ।
काठमाडौं उपत्यकाभित्रका स्टोरमा यसरी रोजगारी दिइए पनि अब छिट्टै काठमाडौं बाहिरका स्टोरमा पनि यस्तो रोजगारी दिने तयारी रहेको अध्यक्ष गुरुङले बताए । पढ्दै रोजगारी कार्यक्रम अन्तर्गत भाटभटेनीले विदेशमाजस्तै पार्ट टाइम कामको व्यवस्था गरिएको जनाएको छ ।
अध्ययन गर्ने विद्यार्थीलाई लक्षित गरेर यो रोजगारी सिर्जना गरिएको हो । कम्तिमा पनि दुई हजार जनालाई देशभर यसरी नै रोजगारी प्रदान गर्ने जनाइएको छ । पार्टटाइम जागिर गर्नेहरुले हप्ता दिनमै उनीहरुको पारिश्रमिक पनि प्राप्त गर्ने छन्।













समाचार
नाढीमन ताल अवलोकन गर्न पर्यटक आकर्षित
नेपाल ‘ए’ ‘टस’ जितेर न्युजिल्यान्ड विरुद्ध ‘ब्याटिङ’ गर्दै
ह्यालान्डको गोलमा सिटीको जित
कोरिडोर केन्द्रित कृषि उत्पादन कार्यक्रम
सुखद खबरको पर्खाइमा परिवार
किभमा तीन दिन हवाई आक्रमण रोक्न पुटिनको आदेश
भोटेकोशी विपद्को असरबाट पोखराको पर्यटन जोगाउन निजी क्षेत्रको चिन्ता
‘मातृत्व जोगाउने अभियान’ : टेम्केमैयुङका १३७ महिलाको निःशुल्क क्यान्सर परीक्षण
भोटेकोशी बाढीः रसुवामा तीन हजार सम्पर्कविहीन
कास्कीमा प्रहरी कार्यालयबाट डीएनए संकलन