
स्याङ्जा । ढुङ्गा र टिनले छाएको एकनासको मौलिक शैलीको घर । ढुङ्गाले छापेको बाटो दुवैतिर ढुङ्गाकै पर्खाल सामुन्ने देखिने हिमशृङ्खलाको मनोरम दृश्य अनि गुरुङ संस्कार र संस्कृतिको जीवन्त सङ्ग्रहालय । पर्यटकीय गाउँ लामडाँडाको मौलिक पहिचान बनेको छ ।
यही पहिचानको कारण पछिल्लो क्रममा आन्तरिक पर्यटकहरूले लामडाँडालाई आफ्नो गन्तव्य बनाउन थालेका छन् । भौगोलिक विकटतासँगै स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–२ मा रहेको यो गाउँ केही वर्ष पहिलेसम्म सुनसान देखिन्थ्यो । २०७५ सालबाट लामडाँडा सामुदायिक होमस्टेको तयारी गरेपनि पूर्ण रूपमा छ वर्ष पश्चात् सञ्चालनमा आएसँगै गाउँको मुहार नै फेरिएको हो । ११९ घर गुरुङ समुदाय र २७ घर दलित जातीको बसोबास रहेको लामडाँडा गाउँमा मौलिक संस्कार संस्कृति रहेको बस्ती हो । गुरुङ जातीको संस्कार र संस्कृतिसँगै यहाँ पाइने स्थानीय खानाको परिकारको स्वादमा यहाँ आइपुग्ने पर्यटकहरू लोभिने गरेका छन् ।
पछिल्लो समय घुमघाम गर्ने पर्यटकदेखि गोष्ठी, वनभोजका लागि समेत लामडाँडा रोजाइमा पर्न थालेको छ । वडा अध्यक्ष धन बहादुर गुरुङले युवापुस्तादेखि बुढापाकासम्म होमस्टे सञ्चालन अग्रसर भएरै होमस्टे सञ्चालन गरिएको बताउनुभयो । भौगोलिक विकटतासँगै बसाइ सराइले गाउँ नै रित्तिने अवस्थामा पुगेको लामडाँडा पछिल्लो समय चहलपहल बढेको छ । स्थानीय परिकार, मौलिक संस्कार, संस्कृति सहितको गाउँमा होमस्टे सञ्चालनमा आएपछि आन्तरिक पर्यटक त्यहाँ पुग्दा गाउँमा चहलपहल बढ्न थालेको छ । लामडाडाँ होमस्टेमा पुग्ने पर्यटकहरूको स्वागत गर्ने चलन पनि बेग्लै रहेको छ । गाउँ प्रवेश गर्नसाथ उनीहरूलाई फूलमाला लगाई स्वागत गर्ने गरिन्छ भने सेतो अक्षता लगाइने गरिन्छ ।
पर्यटकहरूले प्रवेश बिन्दुबाटै फरक र रमाइलो अनुभूति गर्ने भएकोले त्यहाँ पुगे पछि प्राय धेरै पर्यटकहरूले आफ्नो बसाइ लम्बाउने गरेका छन् । यहाँ रात बस्ने पर्यटकले एक रातको एक हजार दुई सय तिर्नु पर्ने हुन्छ भने पर्यटकलाई स्थानीय उत्पादन भएको मकैँ–भट्टको साथमा चिया, एक गिलास कोदोको रक्सी, लोकल कुखुरा र खसीको मासुको स्वाद चखाउनुको साथै रोजाई अनुसार कोदोको ढिँडो र लोकल चामलको भात व्यवस्था गर्ने गरेको होमस्टे सञ्चालक घुमराज गुरुङले बताए ।
बेलुकाको खानासँगै आमा समूह र युवा क्लबले नाचगान गर्ने बताउँदै गुरुङले नाच गान पश्चात् रात्रिकालीन विश्राम गरिने बताए । बिहान कोदोको रोटी, चिया र स्थानीय महको व्यवस्था गरिने र माला लगाएर पाहुनालाई बिदाइ गरिन्छ । यहाँ सञ्चालन भएको छ महिना मै चार हजार आन्तरिक पर्यटकले बसाइ गरेका छन् भने छ जना विदेशी पर्यटकले अवलोकन गरेका छन् । यो होमस्टे बनाउन प्रदेश र सङ्घ सरकारले अहिलेसम्म ४० लाख लगानी गरेको छ भने यहाँ एक पटकका एक सयलाई बासको व्यवस्था गर्न सकिने गुरुङले बताए ।













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह