
काठमाडौं । कृषि यान्त्रिकरणमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले दश दिने कृषि यन्त्र मर्मत तथा सम्भार तालिम चितवनको भरतपुरमा सम्पन्न भएको छ ।कृषि मेशिनरी व्यवसायी संघ (नामिया) र फिड द फ्युचर नेपाल युएसएआईडी एग्रिकल्चरल इनपुट्सको सहकार्यमा स्थानीय प्राविधिकहरूका लागि कृषि तथा सिंचाइका यन्त्रहरूको मर्मत तथा संभार भदौ १८ देखि सुरु भएको कार्यक्रम सम्पन्न भएको हो ।
तालिममा बारा, पर्सा, मकवानपुर, धादिङ, चितवन, र नवलपरासी पश्चिम जिल्लाबाट २५ जनाको सहभागिता रहको थियो । तालिमका सहभागीले कुल ४० वटा सत्रमा सिप सिकेका छन् । विदेशबाट फर्किएका, महिला, सिमान्तकृत समुह तथा मेशिनरी सम्बन्धि सामान्य ज्ञान भएका युवा जनशक्तिलाई सहभागिको रूपमा छनोट गरिएको थियो । कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै नामियाका उपाध्यक्ष सुनिता न्हेमाफुकीले स्थानीय स्तरमा प्राविधक तयार गर्दै दिगो कृषि यान्त्रिकरणमा टेवा पुग्ने बताइन् ।
नामियाका अनुसार फिड द फ्युचर नेपाल युएसएआईडी एग्रिकल्चरल इनपुट्सको प्रयोजनमा अझ दुई तालिमहरु नेपालगञ्ज र धनगढीमा आयोजना हुँदैछ । सरकारी तवरबाट पनि प्रविधि विस्तार प्राथमिकतामा परेको तर दक्ष प्राविधिक उत्पादन उपेक्षामा परेकाले निजी क्षेत्रबाट पहल सुरू गरिए न्हेमाफुकीले बताइन् । एक पालिका एक कृषि मेशिनरी वर्कशव स्थापना गर्ने योजना अनुसार दक्ष जनशक्ति उत्पादनमा केन्द्रीत भएको नामियाका अध्यक्ष कृष्ण शर्माले बताए । ‘दुई दशकदेखि नेपालमा कृषि प्रविधि विस्तार भइरहेको छ तर कृषि यन्त्र सम्बन्धि प्राविधिक उत्पादनले गति लिएन । यसै अभावलाइ पूर्ति गर्न हामीले सुरूवात गरेका हौँ । कृषि यन्त्र मर्मत सम्भारका लागि यो कार्यक्रमले थोरै भए पनि भूमिका खेल्ने विश्वास लिएका छौँ,’ उनले भने ।
कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै बागमति प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको कृषि तालिम केन्द्रका प्रमुख नारायण कुमार श्रेष्ठले सरकारले यस्ता कार्यक्रमसँग सहकार्य गर्ने प्रतिवद्धता जनाउँदै गाउँ स्तरमा तालिम दिएर कृषिमा योगदान गर्न सहभागीलाइ आग्रह गरेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना चितवनका परियोजना कार्यान्वयन एकाइका प्रमुख महेश रेग्मीले परियोजनाले भाबी दिनहरुमा यान्त्रिकरण विस्तार गर्दै जाने बताए । जिल्ला कृषि विकास कार्यालयका प्रमुख झलक कँडेलले चितवन जिल्ला उर्वर भूमि रहेकाले प्राविधिक विस्तारले कृषि क्षेत्रमा टेवा पुग्ने बताए ।
चितवन उद्योग संघका अध्यक्ष सुर्य प्रसाद न्यौपानेले कृषि उद्मशीलताका लागि कृषि प्राविधिकको भूमिमा माथि जोड दिए । केरा उत्पादक महासंघका अध्यक्षले खुशी व्यक्त गर्दै, यस्ता तालिमबाट उत्पादन हुने प्राविधिक बजारमा आए किसानको मेशिन नथन्किने विश्वास व्यक्त गरे ।












समाचार
सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो
ट्रम्पको नयाँ कार्यकारी आदेश: जन्मसिद्ध अमेरिकी नागरिकतामा फेरि अङ्कुश लगाउने प्रयास
मत्स्य केन्द्रद्वारा चार करोड ३८ लाख भुरा उत्पादन
बाल सुरक्षामा मेटालाई ५६७ मिलियन डलर जरिवाना
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
उपकार लघुवित्तको नाफा २५२ प्रतिशतले बढ्यो, इपीएस कति ?
भिनिसियसले रियलसँग ६ वर्षको नयाँ सम्झौता गरे
माण्डु हाइड्रोपावरको १ करोड २२ लाख कित्ता सेयरको लकइन अवधि भदौमा सकिंदै
पुष्पलाल इन्भेष्टमेन्ट कम्पनीले आईपीओ निष्काशन गर्ने, बोलायो साधारणसभा
१८१ प्रतिशतले बढ्यो सपोर्ट लघुवित्तको नाफ, अन्य सूचक कस्ता ?