
काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको तथा देशभर मनसुनी वायुको प्रभाव सँगै पश्चिम बङ्गाल र आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहने छ भने कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा धेरै वर्षा हुने सम्भावना छ । कोशी प्रदेशका तराई क्षेत्रका केही स्थानमा हुरीसमेत चल्ने सम्भावना रहेको छ ।
यसैगरी आज राति देशभर आंशिकदेखि साधरणतया बदली रहने छ । कोशी बागमती र गण्डकी प्रदेश एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेशका एक–दुई स्थानमा धेरै वर्षाको समेत सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा धेरै वर्षाको तथा कोशी प्रदेशको तराई भूभागको थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू(क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।










समाचार
सेयर बजार घट्ने क्रम जारी, परिसूचक २७०० मा, कारोबार रकम ४ अर्ब माथि
न्यूजिल्यान्डलाई हराउँदै इजिप्ट समूह ‘जी’ को शीर्ष स्थानमा
प्राइम कमर्सियल बैंकले ३ अर्ब रुपैयाँको ऋणपत्र बिक्री गर्दै, कहिले देखि दिन पाइन्छ आवेदन ?
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी तीव्र
कोशीटप्पु वन्यजन्तु आरक्ष : पर्यटकको आकर्षण बढ्यो
माउण्ट एभरेष्ट पावरको आईपीओमा आजसम्म मात्रै आवेदन दिन पाइने
रैथाने गाई सङ्कटमा
केब भार्डेले उरुग्वेलाई पनि बराबरीमा रोक्यो
धार्मिक पर्यटकीयस्थल बन्दै ‘आत्मा पवित्र गुराँसे माङहिम’
विश्वकप फुटबल : इरान र बेल्जियम गोलरहित बराबरीमा