काठमाडौं । साताको दोस्रो कारोबार दिन पनि सेयर बजारमा भारी गिरावट आएको छ । सोमबारको कारोबार बन्द हुँदा सेयर बजार परिसूचक ५७ दशमलव ०३ अंकले घटेर बन्द भएको हो । यो अघिल्लो दिनको भन्दा २.१६ प्रतिशतले कम हो ।
अघिल्लो दिन पनि सेयर बजारमा उच्च अंकले घटेको थियो । आजको कारोबार बन्द हुँदा सेयर बजार परिसूचक २५८० दशमलव ७६ विन्दुमा पुगेको छ । आज सेयर बजारमा २२७ कम्पनीको सेयर मूल्य घटेको छ भने १४ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै ३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ८ दशमलव ५४ अंकले घटेर ४६० दशमलव ११ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये सबैको सेयर मूल्य घटेको छ ।
आज परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिन १० अर्बको कारोबार भएको बजारमा आज ७ अर्बभन्दा बढीको मात्रै कारोबार भएको छ । आज सेयर बजारमा ३१२ कम्पनीका १ करोड ७० लाख ६१ हजार ८०७ कित्ता सेयर ९२ हजार ८१५ पटक खरिद बिक्री हुँदा ७ अर्ब ३६ करोड १९ लाख ८८ हजार ३८३ रुपैयाँको कारोबार भएको छ ।
आज सेयर बजारमा दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।













समाचार
पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ
डेढ महिनापछि टरिगाउँ विमानस्थलमा निगमको जहाज
वैदेशिक लगानीकर्ताको आकर्षण सूचना प्रविधिका परियोजनामा
बाढीले थुपारेको भग्नावशेष हटाउन ९४ अर्ब ४१ करोड लाग्ने
विदेशबाट फर्किएका युवा भेडापालनमा
पौवादुङमामा किसान र पालिकाको साझेदारीमा ‘गाई–भैंसी पकेट कार्यक्रम’
आज प्रतिनिधिसभाको बैठक बस्दै
देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज
बेनी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन