
काठमाडौं । एफएओले एशिया प्रशान्त क्षेत्रका कृषिउत्पादन प्रणालीलाई रूपान्तरण गर्न नयाँ विज्ञान र नवप्रवर्तन नेटवर्क सुरू गरेको छ । दिगो कृषि उत्पादन प्रणालीको रूपान्तरणले धेरै नीतिगत तहमा समन्वयात्मक प्रतिक्रियाको आवश्यकता पर्ने भएकाले विशेष गरी एशिया प्रशान्त क्षेत्रमा खाद्य सुरक्षा र जीविका सुनिश्चित गर्न संयुक्त राष्ट्र संघको खाद्य र कृषि संगठनले चीनमा आयोजित ‘एक देश एक उत्पदन’ दोस्रो क्षेत्रीय आयोजनात्मक समूहको बैठकमा जारी छ।
एफएओद्धारा जारी विज्ञप्तीमा भनिएको छ, ‘प्रशान्त क्षेत्रका बाइस वटा देशहरूले बीस छुट्टै विशेष कृषि उत्पादनको पहिचान गरेका छन्, जसमा केही सामान्य चामलभन्दा कम परिचित छन् तर विशाल सम्भावना राख्छन्। यी उत्पादनहरूले अझै पूर्ण रूपमा अनुसन्धान र कृषि विकास कार्यक्रमहरूको लाभ प्राप्त गरेका छैनन्। तर, यी उत्पादनहरू खाद्य सुरक्षा र स्वस्थ आहार सुनिश्चित गर्न महत्त्वपूर्ण उदाहरणहरू हुन् र मुख्यधारा उच्च मूल्यका घरेलू, क्षेत्रीय र अन्तर्राष्ट्रिय मूल्य श्रृंखलामा र बजारमा समावेश गरिने सम्भावना छ।’
‘विज्ञान र नवप्रवर्तनलाई अगाडि ल्याएर, यो नयाँ नेटवर्कले देशलाई आफ्ना विशिष्ट कृषि उत्पादनहरूको मूल्य अधिकतम बनाउन मद्दत गर्नेछ’, एफएओका सहायक महासचिव तथा एशिया र प्रशान्तका क्षेत्रीय प्रतिनिधि जोङ जिन किमले भने, ‘हामी सांस्कृतिक रूपमा महत्त्वपूर्ण र पारिस्थितिक रूपले अनुकूल विकास गरेर समावेशी वृद्धि, दिगो कृषि, र सुधारिएको खाद्य सुरक्षा सुनिश्चित गर्ने मार्गहरू सिर्जना गर्दैछौं।’












समाचार
डडेलधुरा मेडिकल कलेजका लागि शिक्षक पदपूर्ति आह्वान
पढाइसँगै कमाइ : दिवाखाजा र छात्रावासका लागि विद्यालयमै तरकारी खेती
भोटेकोशीको बाढीले थपुवागाउँमा छायो सन्नाटा
ग्लोबल शेर्पा मिट– २०२६ मा सहभागि हुन नेपाल शेर्पा संघको आग्रह
अन्तर्राष्ट्रिय विज्ञसहितको टोलीबाट रसुवा बाढीको वैज्ञानिक अध्ययन हुने
बाँदरको सास्तीपछि बेसार खेतीतर्फ किसान
सुदूरपश्चिममा ६ वटा शीत भण्डार निर्माण सम्पन्न
बेलायतका पूर्वप्रधानमन्त्री रुसी आक्रमणबाट बच्न सफल
बीस वर्षअघि श्रीमान् र अहिले छोरा बेपत्ता: रोग र वियोगको दोहोरो मारमा नरमाया
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७ औँ स्मृति दिवस: प्रज्ञा-प्रतिष्ठानले गर्दैछ विशेष कार्यक्रम