
धनकुटा । बर्खा सकिएसँगै पूर्वको पर्यटकीय नगरी धनकुटाको हिलेमा पर्यटनको सिजन सुरु भएको छ । मनोरम हिमाल पहाड, डाँडाकाँडा हेर्न तथा तराईको गर्मी छल्न धेरै पर्यटकको रोजाइमा हिले पर्ने गर्छ ।
हिले आफैंमा पनि डाँडामा रहेको एक पहाडी क्षेत्रको सुन्दर बजार हो । हिले बास बस्ने पर्यटक बिहानको मनोरम दृश्य अवलोकनको लागि यो क्षेत्रमा पुग्ने गरेको हिलेका होटल व्यवसायी राम रायमाझीले बताए । हिलेस्थित बक्रकुण्ड भ्यु प्वाइन्टबाट यो समयमा महाभारत पर्वत शृङ्खला, सप्तकोशी नदी उत्तरतर्फका सगरमाथा, मकालु, गौरीशङ्कर, चोयु लगायतका हिमालसहित विभिन्न पहाडको मनमोहक दृश्य देखिन्छ ।
त्यस्तै सङ्खुवासभा, भोजपुर जिल्लाका विभिन्न पहाडको मनोरम दृश्य नियाल्न सकिन्छ । त्यस्तै पृष्ठभूमिमा विभिन्न हिमाल रहेको हिले बजार आफैंमा मनोरम छ । यहाँ निर्माण गरिएको तोङ्वाको प्रतिमाले जोकोहीको मन लोभ्याउँछ ।













समाचार
चेम्बरका अध्यक्ष अग्रवालले भेटे एडीबीका शिक्षा विशेषज्ञ
प्रभु बैंकका सञ्चालक र कर्मचारीद्वारा बाढीपीडितका लागि ४० लाख बढी सहयोग
बेनी हाइड्रोपावरको आईपीओमा २३ लाखभन्दा बढीको आवेदन
माछापुच्छ्रे बैंकद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?
पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ
डेढ महिनापछि टरिगाउँ विमानस्थलमा निगमको जहाज
वैदेशिक लगानीकर्ताको आकर्षण सूचना प्रविधिका परियोजनामा
बाढीले थुपारेको भग्नावशेष हटाउन ९४ अर्ब ४१ करोड लाग्ने
विदेशबाट फर्किएका युवा भेडापालनमा
पौवादुङमामा किसान र पालिकाको साझेदारीमा ‘गाई–भैंसी पकेट कार्यक्रम’