
काठमाडौं । सोलुखुम्बु जिल्लाको सोलु दुधकुण्ड नगरपालिका वडा १० स्थायी घर भई मलेसियाको ए फाइभ सेक्युरिटी सर्भिसमा चार वर्षदेखि काम गर्दै आएका दावा शेर्पा मेहनती इमानार व्यक्ति हुन् । उनले हालै मलेसियामा विभिन्न कारणले मलेसियाको जेलमा परेर समस्या भएका एक नेपालीलाई मलेसिया जेलबाट निकाल्न सफल भएका छन ।
उनले नेपाली राजदुतावासलाई उक्त जेलमा भित्र रहेका नेपालीलाई निकाल्न टेलिफोन मार्फत धेरै आग्रह गरेको र नेपाली राजदुतावासले उक्त व्यक्त दुई बर्षको लागि गएको र दुतावासले निकाल्न नस्सक्ने भनेपछि दावा शेर्पाले त्यहा स्थिति उच्च प्रहरी निकाय संग समन्वय गरि दुई वर्ष मलेसिया जेलमा परेका व्यक्तिलाई निकाल्न सफल भएका हुन् । मलेसिया दुतवासले नसकेको काम दावा शेर्पाले गरेको बन्दै मलेसियामा रहेको नेपाली दुतावासले धन्यवाद व्यक्त गरेको छ ।
साथै दावा शेर्पाले २० मार्च २०२४ दमन सरा स्थित एक सपिङ सेन्टरको गाडि पार्किङमा डिउटिमै रहेको अवस्थामा मलेसियन ५ लाख ८७ हजार ५ सय १६ रिङगेट रहेको ब्याग भेटाएका थिए । पैसाको सुर्केस ब्याग इमानदारीपूर्वक कार्यरत कम्पनीमा जानकारी गराई आफ्नो पेशागत निष्ठा तथा व्यवसायिकता प्रमाणित गर्नुका साथै नेपालीहरुको इमान्दारिताको प्रस्तुत गर्दै नेपालको नै इज्जत राखेकोमा मलेसिया सरकारले सम्मान पनि गरेको थियो । नेपालीको बिश्वमा शान भनेकै शेर्पाको ईमान्दारिता रहेकाले त्यो सबै नेपालीले बुझ्नुपर्ने बताए ।
उक्त सुर्केस पैसाको ब्याग इमानदारीपूर्वक कार्यरत कम्पनीमा जानकारी गराई आफ्नो पेशागत निष्ठा तथा व्यवसायिकता प्रमाणित गरेकोमा मलेसियामा रहेका विभिन्न संघसंस्थाले शेर्पाको असाधारण इमान्दारिताको उदाहरणीय प्रदर्शनको सम्मान गरेको एनआरएनए मलेसियाले बताएको छ ।
यसैगरी नेपाल आदिवासी जनजाति महासंघ शेर्पा संघ मलेसियाले शेर्पाको इमानदारी प्रति धन्यवाद दिँदै प्रवासको ठाउँमा पनि आदिवासी जनजाति समुदाय लगायत नेपाल र नेपालीको शिर ठाडो बनाउने काम गरेको र मलेसियामा सिङ्गो नेपाली समुदाय र सुरक्षा गार्डको प्रतिष्ठा बढाएको भन्दै प्रशंसा पत्र प्रदान गरेको आदिवासी जनजाति महासंघ मलेसियाले जनाएको छ ।













समाचार
सानिमा बैंकद्वारा गर्भवती तथा सुत्केरी महिलाहरुका लागि स्वास्थ्य शिविर र पौष्टिक खाना वितरण
गोरखापत्र संस्थानमा रावल र सुरक्षण मुद्रण केन्द्रमा ढुंगाना नियुक्त
ह्वाट्सएपको नयाँ सुविधामा भारतको आपत्ति
अब नेपाल टेलिकमका सिमकार्ड लगायतका सामग्री हुलाक सेवामार्फत ग्राहकको घरैमा उपलब्ध हुने
मौद्रिक नीतिमा सेयर लगानीकर्ता संघको सुझाब
ब्रोकर र धितोपत्र बोर्ड अध्यक्ष भेटवार्ता : पूँजीबजार नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता
साढे १९ प्रतिशतले बढ्यो पर्यटक आगमन
यी हुन् मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू
नेप्सेमा दुई हाइड्रोपावरको बोनस शेयर सुचिकृत
सेयर बजारमा एकल अंकको वृद्धि, कारोबार ४ अर्ब माथि