काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार परिसूचक दोहोरो अंकले ओरालो लागेको छ । आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक २२ दशमलव ३६ अंकले घटेर २४६४ दशमलव ४० विन्दुमा पुगेको हो ।
२४९४ विन्दुसम्म पुगेको बजार अन्तिममा २४६४ विन्दुमा रोकिएको हो । आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये ४६ वटा कम्पनीको मात्रै सेयर मूल्य बढेको छ । १९३ कम्पनीको सेयर मूल्य घट्दा ५ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ५६ अंकले घटेर ४४४ दशमल ८९ विन्दुमा पुगेको छ ।
आज सेयर बजारमा १३ उप सूचकमध्ये १२ वटा उपसूचकको सेयर मूल्य घटेको छ भने एक वटाका मात्रै सेयर मूल्य बढेको छ ।
आज परिसूचकसँगै कारोबार रकममा पनि कमी आएको छ । अघिल्लो कारोबार दिन ४ अर्ब ८६ करोड बढीको कारोबार भएको बजारमा आज ४ अर्ब ५ करोड ६ लाख ५८ हजार ३६ रुपैयाँका कारोबार भएको छ । आज सेयर बजारमा ३२७ कम्पनीका १ करोड ३ लाख ११ हजार ८८५ कित्ता सेयर ५८ हजार ४०१ पटक खरिद बिक्री हुँदा उक्त रकम बराबारको कारोबार भएको हो ।
आज सेयर बजारमा एक कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।













समाचार
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल
दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा
गृहमन्त्री सुदन गुरुङ विराटनगर प्रस्थान
राष्ट्रपतिको अपिल- सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राखौँ
राष्ट्रिय हित र शान्ति स्थापनाका लागि सबै एकजुट हौँ : पूर्वप्रधानमन्त्री ओली
तराईको तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्नका लागि सबैले सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न महासंघको आग्रह
नेपालीबीचको एकता र सद्भाव खलबलिनु दुःखद : पूर्वराजा शाह