
काठमाडौं । त्रिदेशीय टी–२० क्रिकेट श्रृङ्खलामा नेपाल घरेलु टोली क्यानडासँग पराजित भएको छ । किंग सिटीमा गएराति भएको खेलमा नेपाल ४ विकेटले पराजित भयो । जितका लागि एक सय ४० रनको लक्ष्य पछ्याएको क्यानडाले १९ ओभर ३ बलमा ६ विकेट गुमाएर भेट्टायो ।
क्यानडाका लागि साद विन जाफरले अविजित ३३ रन बनाए । कप्तान निकोलस किर्तनले २६ रन जोडे । नेपालका ललित राजवंशी र सन्दीप लामिछानेले समान २ तथा सोमपाल कामीले एक विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३९ रन बनाएको थियो ।
राम्रो सुरुवात गरेको नेपालका लागि ओपनर अनिल शाहले सर्वाधिक ४१ रन बनाए । आसिफ शेखले ३० रन जोडे । ९ ओभरमा कुनै पनि विकेट नगुमाई ७० रन बनाएको नेपालले बाँकी ११ ओभरमा ६ विकेट गुमाएर ६९ रन मात्र जोड्न सक्यो । क्यानडाका लागि हर्ष ठाकरले २ तथा डेलिन हेलिगर, अखिल कुमार, प्रविन कुमार र साद विन जाफरले समान एक विकेट लिए ।
शनिवार भएको श्रृङ्खलाको पहिलो खेलमा नेपाल क्यानडासँग १४ रनले पराजित भएको थियो । आफ्नो दोस्रो खेलमा नेपालले ओमानलाई हराएको थियो । नेपालले चौथो तथा अन्तिम खेलमा आज ओमानसँग खेल्दैछ ।













समाचार
संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री
नेपाली क्रिकेट टोलीको बिदाइ
भदौमा ५ अर्ब ९ करोडको विद्युत् निर्यात, भारत र बंगलादेशमा साढे ५६ करोड युनिट बिक्री
भारतीय उद्योगपतिलाई नेपालमा लगानी बढाउन अर्थमन्त्री वाग्लेको आग्रह
भारतद्वारा नेपाललाई १३० टनभन्दा बढी सहायता सामग्री हस्तान्तरण
प्रभु बैंकद्धारा बाढी प्रभावित परिवारहरुका लागी आश्रय स्थललाई बंक बेड हस्तान्तरण
त्रिशूली-१ जलविद्युत् आयोजनामा बेपत्ता ११ जनाको शव फेला
‘रोबोटिक्स कोडिङ एआई’ अन्तर्राष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु
जेसीबी इन्डियाद्वारा भोटेकोशी बाढी उद्धारमा खटिएका दुई नेपाली ग्राहकको सम्मान
विपद्पछिको पुनर्निर्माणमा सार्वजनिक–निजी साझेदारी र एकीकृत आवास विकासमा जोड