
काठमाडौं । आइतबार सेयर बजार परिसूचक उच्च अंकले बढेको छ । साताको कारोबार हुने पहिलो दिन आइतबा सेयर बजार ५६ दशमलव ०९ अंकले बढेको हो ।
आइतबार सेयर बजार अघिल्लो कारोबार दिनको भन्दा २.१५ प्रतिशतले बढेको हो । आजको कारोबार बन्द हुँदा सेयर बजार परिसूचक २६५३ दशमलव ५८ विन्दुमा पुगेको छ । आज सेयर बजारमा २१९ कम्पनीको सेयर मूल्य बढेको छ भने २३ कम्पनीको घटेको छ । २ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।
त्यस्तै, आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ९ दशमलव ७५ अंकले बढेर ४७६ दशमलव ४६ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ वटै उपसमूहको परिसूचकमा हरियाली छाएको छ ।
परिसूचक उच्च अंकले बढेको दिन कारोबार रकम भने ६ अर्बमा समित भएको छ । आइतबारको सेयर बजारमा ३०८ कम्पनीका १ करोड ५० लाख ४६ हजार ७१० कित्ता सेयर ६९ हजार ८६० पटक खरिद बिक्री हुँदा ६ अर्ब १३ करोड ८२ लाख ६ हजार ७०५ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये एक कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै एक कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेर बन्द भएको छ ।













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह