काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्दै गठन गरेको छानबिन समिति रद्द गरेको छ । शेरबहादुर देउवा प्रधानमन्त्री र जनार्दन शर्मा अर्थमन्त्री भएको बेला सरकारले अधिकारीलाई निलम्बन गर्दै छानबिन समिति गठन गरेको थियो ।
गभर्नर अधिकारी त्यो विरुद्ध सर्वोच्च अदालत गएपछि सर्वोच्चले अधिकारीलाई निलम्बन नगर्न अन्तरिम आदेश दिएको थियो । देउवा पछि प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्डको पालामा पनि समिति भएपनि अदालतको आदेशको कारण काम गर्न पाएको थियो । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले समितिलाई रद्द गर्ने निर्णय गरेको हो । गभर्नर अधिकारीको कार्यकाल चैतसम्म रहेको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व