
काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारबा लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज अमेरिकी डलरको मूल्य स्थिर रहेको छ भने पाउण्ड र युरोको विनिमयदर भने घटेको छ । आज डलरको मूल्य स्थिर रहँदा पाउण्ड र युरोको मूल्यमा सामान्य गिरावट आएको हो ।
नेपाल राष्ट्र बैंकले आजका लागि सार्वजनिक गरेको विदेशी विनियमदर अनुसार एक अमेरिकी डलरको खरिदर १३४ रुपैयाँ ०६ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६६ पैसा कायम भएको छ । अघिल्लो दिन पनि डलर सोही दरमा सटही भएको थियो । आज युरोको मूल्य अघिल्लो दिनको भन्दा केही सस्तो भएको छ । आज एक युरोको खरिददर १४७ रुपैयाँ १६ पैसा र बिक्रीदर १४७ रुपैयाँ ८२ पैसा कायम भएको छ । अघिल्लो दिन युरो एकको खरिददर १४७ रुपैयाँ ८९ पैसा र बिक्रीदर १४८ रुपैयाँ ५६ पैसा रहेको थियो ।
त्यस्तै आज बेलायती पाउन्ड स्ट्रलिङको विनिमयदर पनि अघिल्लो दिनको भन्दा केही घटेको छ । आज पाउण्ड एकको खरिददर १७५ रुपैयाँ ८८ पैसा र बिक्रीदर १७६ रुपैयाँँ ६७ पैसा कायम भएको छ । अघिल्लो दिन पाउण्ड एकको खरिददर १७६ रुपैयाँ ५५ पैसा र बिक्रीदर १७७ रुपैयाँ ३४ पैसा रहेको थियो ।
केन्द्रीय बैंकको अनुसार आज स्वीस फ्र्याङ्क एकको खरिददर १५६ रुपैयाँ २१ पैसा र बिक्रीदर १५६ रुपैयाँ ९१ पैसा कायम भएको छ । यस्तै आज अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ११ पैसा र बिक्रीदर ९१ रुपैयाँ ५२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ७६ पैसा र बिक्रीदर ९९ रुपैयाँ २० पैसा, सिङ्गापुर डलर एकको खरिददर १०२ रुपैयाँ ७५ पैसा र बिक्रीदर १०३ रुपैयाँ २१ पैसा निर्धारण भएको छ ।
जापानी येन १० को खरिददर ९ रुपैयाँ ०१ पैसा र बिक्रीदर ९ रुपैयाँ ०५ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ १० पैसा र बिक्रीदर १९ रुपैयाँ १९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८७ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९४ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार आज थाइ भाट एकको खरिददर ४ रुपैयाँ ०३ पैसा र बिक्रीदर ४ रुपैयाँ ०५ पैसा, यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५० पैसा र बिक्रीदर ३६ रुपैयाँ ६६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९१ पैसा, दक्षिण कोरियन वन १०० खरिददर ९ रुपैयाँ ९५ पैसा र बिक्रीदर १० रुपैयाँ, स्विडीस क्रोनर एकको खरिददर १२ रुपैयाँ ९३ पैसा र बिक्रीदर १२ रुपैयाँ ९९ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ७४ पैसा र बिक्रीदर १९ रुपैयाँ ८३ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ २६ पैसा र बिक्रीदर १७ रुपैयाँ ३४ पैसा, कुवेती दिनार एकको खरिददर ४३८ रुपैयाँ ५३ पैसा र बिक्रीदर ४४० रुपैयाँ ५० पैसा, बहराइन दिनार एकको खरिददर ३५५ रुपैयाँ ६० पैसा र बिक्रीदर ३५७ रुपैयाँ १९ पैसा तथा भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।













समाचार
अब त्यस्तो दिन नदोहोरियोस् : पूर्वप्रधानमन्त्री कार्की
इन्डोनेसियामा ज्वालामुखी विस्फोटन, ३ हजार उडान अवरुद्ध, साढे ३ लाख यात्रु अलपत्र
बीमा दाबी भुक्तानी लिन बीमितलाई सम्पर्कमा आउन स्टार माइक्रोको आग्रह
पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध
एसिसी प्रिमियर कपः नेपाल हङकङविरुद्ध भिड्दै
१६२ किलो गाँजासहित दुई जना चालक पक्राउ
कृष्णभीरको अवरोधले लमजुङ–काठमाडौँ यात्रा कष्टकर
प्रचारप्रसारको अभावमा कोशी टप्पुमा विदेशी पर्यटक न्यून
दूधे पिँडालु भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै
भेडागोठमा लालवीरका सात दशक