
काठमाडौं । न्युजिल्यान्डसँगको पहिलो टेस्ट क्रिकेटको पहिलो पारीमा भारत ४६ रनमै अलआउट भएको छ । बेङ्गलुरुमा टस जितेर ब्याटिङ गरेको घरेलु टोली भारत दोस्रो दिनको खाना समयपछि ४६ रनमा अलआउट भएको हो ।
भारतका ऋषभ पन्तले सबैभन्दा धेरै २० रन बनाए । यस्तै विराट कोहली, शरफराज खान, केएल राहुल, रविन्द्र जडेजा र रविचन्द्रन अश्विनले १ रन पनि जोड्न सकेनन् । न्युजिल्यान्डका म्याट हेनरीले ५ र विलियम ओरोर्कीले ४ विकेट लिए ।
४६ रन भारतमा कुनै पनि टोलीले टेस्ट क्रिकेटमा बनाएको सबैभन्दा कम स्कोर हो । यस्तै ४६ रन टेस्टमा भारतको तेस्रो सबैभन्दा कम स्कोर हो । वर्षाका कारण पहिलो दिनको खेल टस पनि नभई रद्द भएको थियो । भारतलाई ४६ रनमा अलआउट गरेर आफ्नो पहिलो पारी सुरु गरेको पाहुना टोली न्यूजिल्याण्डले दोस्रो दिनको खेल सकिदा ३ विकेट गुमाएर १८० रन बनाएको छ । यो अवस्थामा उसले १३४ रनको अग्रता लिएको छ ।
भारत र न्युजिल्यान्डबीचको टेस्ट क्रिकेट शृङ्खलाको दोस्रो खेल आउँदो अक्टोबर २४ देखि पुनेमा र तेस्रो तथा अन्तिम खेल नोभेम्बर १ देखि मुम्बईमा शुरू हुनेछ ।













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह