
ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा रहेको ढङढङ्गे झरना आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ । सिदिङ्वा गाउँपालिका–५ लिम्बुदिन र वडा ६ मेहेलेको सिमानामा रहेको ढङढङ्गे झरना नयाँ पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदै गएसँगै आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको हो ।
निकै मनमोहक, आकर्षक र सुन्दर ढङढङ्गे झरनामा पछिल्लो समय आन्तरिक पर्यटकको बाक्लो चहलपहल हुन थालेको पाइएको छ । फुर्सद र चाडपर्वको समयमा आन्तरिक पर्यटकका लागि ढङढङ्गे झरना उपयुक्त तथा आकर्षक गन्तव्य बन्दै गएको छ । हाल ढङढङ्गे झरनामा रमाउन समूहगत रूपमै आन्तरिक पर्यटकको उपस्थिति बढ्न थालेको सिदिङ्वा गाउँपालिका–५ लिम्बुदिनका वडाध्यक्ष अमरबहादुर लिम्बूले बताए ।
वडाध्यक्ष लिम्बूका अनुसार विगतमा भन्दा यसवर्ष चाडपर्वको समयमा ढङढङ्गे झरनाको भ्रमण गर्ने आन्तरिक पर्यटकको उपस्थिति बाक्लिएको छ । चाडपर्व, बिदा र फुर्सद समयको सदुपयोग गर्दै झरनाको भ्रमण गर्ने पर्यटकको उपस्थिति बढेको वडाध्यक्ष लिम्बूले बताए । उनकाअनुसार ढङढङ्गे झरनाको मनमोहक दृश्यले पर्यटकलाई लोभ्याउने गरेको छ । वरिपरि हरियाली जङ्गलसँगै भीर र पहराको बिचबाट झर्ने झरना निकै सुन्दर रहेको उनको भनाइ छ ।
स्थानीय रेनु लिम्बूका अनुसार सुरुसुरुमा न्यून संख्यामा पर्यटकले ढङढङ्गे झरनाको भ्रमण गर्ने गरेका थिए । पछिल्लो समय विभिन्न सामाजिक सञ्जालमा ढङढङ्गे झरनाको तस्बिर र भिडियोहरू लगाउने (पोस्ट गर्ने) क्रमले त्यस्ता पोस्टहरू भाइरल हुन थालेपछि आन्तरिक पर्यटकहरू थप आकर्षित हुँदै गएका लिम्बूको भनाइ छ । उनकाअनुसार सामाजिक सञ्जाल र सञ्चारमाध्यमहरूबाट झरनाको प्रचार हुन थालेपछि आन्तरिक पर्यटकको उपस्थिति बाक्लिँदै गएको हो ।
यता सिदिङ्वा गाउँपालिकाले पनि ढङढङ्गे झरनासहित सो क्षेत्रमा रहेको तिम्बुङपोखरी, सिदिङ्मा धाम, चमेरे गुफालाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न पहल सुरु गरेको जनाएको छ । उक्त पर्यटकीय गन्तव्यहरूमा आवश्यक प्रचारप्रसारका काम, सडक लगायतका पूर्वाधारहरू निर्माण गर्न थालेको गाउँपालिकाले जनाएको छ । आन्तरिक मात्र नभई बाह्य पर्यटक समेतलाई भित्र्याउने गरी तिम्बुङ पोखरी, ढङढङ्गे झरना लगायतलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने गरी पहल भइरहेको गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी कडरिया (वन्दना) ले जानकारी दिइन् ।












समाचार
चार अर्ब ९३ करोड बढी राजस्व सङ्कलन
पिएसजी र म्यानचेस्टर युनाइटेडको बराबरी
लप्सेखोलामा अस्थायी बेलिब्रिज जडान गरिने
चितवन हुलाक कार्यालयबाट एक करोड भन्दा बढी राजस्व संकलन
विश्व आदिवासी दिवस आज, अधिकार र पहिचान संरक्षणमा जोड
हर्मुज खोल्न तेहरानले अघि सार्याे कडा सर्त, अमेरिकी नाकाबन्दी अन्त्य र क्षतिपूर्तिको माग
सानिमा रिलायन्स लाइफको भिजन टु भ्यालु कन्क्लेभ सम्पन्न
कुमारी बैंकको ३ लाख २० हजार कित्ता सेयर बिक्रीमा, क कसले दिन पाउँछन आवेदन ?
सात महिनाको सम्झौता, दुई वर्षमा सकिएन
सानिमा बैंकको ६० हजार कित्ता संस्थापक सेयर बिक्रीमा, प्रतिकित्ता मूल्य कति ?