
काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । अघिल्ला दुई दिन उच्च अंकले घटेको सेयर बजार आज २५ दशमलव ८८ अंकले बढेको हो । यो अघिल्लो दिनको भन्दा ०.९८ प्रतिशतले बढी हो ।
आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक २६६५ दशमलव ८१ विन्दुमा पुगेको छ । आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये १९९ कम्पनीको सेयर मूल्य बढेको छ भने ४० कम्पनीको सेयर मूल्य घटेको छ। त्यस्तै ५ कम्पनीको सेयर मूल्यमा भने स्थिर रहेको छ ।
त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि करिब १ प्रतिशतले नै बढेको छ । आजको कारोबार बन्द हुँदा सेन्सेटिभ इन्डेक्स ४ दशमलव ४७ अंकले बढेर ४८० दशमलव ७१ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ वटै उपसूचकको सेयर मूल्य बढेको छ ।
परिसूचक बढे पनि कारोबार रकममा भने आज गिरावट आएको छ । अघिल्लो दिन ५ अर्ब ९० करोड बढीको कारोबार भएको बजारमा आज ४ अर्बभन्दा केही बढी मात्रैको कारोबार भएको छ । आज सेयर बजारमा ३१४ कम्पनीका १ करोड ९ लाख ६२ लाख २८१ कित्ता सेयर ५३ हजार ६७८ पटक खरिद बिक्री हुँदा ४ अर्ब १७ करोड १६ लाख ६५ हजार ६१९ रुपैयाँ बराबरको कारोबार भएको छ ।













समाचार
सुदूरपश्चिम रोयल्स र प्राइम टायल्सको सहकार्य
चाडपर्वमा अत्यावश्यक सामान ढुवानी सहज बनाउन ट्रक व्यवसायी महासंघको सुझाव
रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान
बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने
जलविद्युत् आयोजनामा हराइरहेका कर्मचारी र कामदारको खोजी तीव्र
त्रिशूली–मुग्लिन करिडोरका १२ झोलुङ्गे पुल मर्मत तीव्र, असोज २० भित्र सञ्चालनमा ल्याइने
ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज
‘राइट टु प्रोटिन रन’ मा १० राष्ट्रका धावक सहभागी हुने
बाँदरलाई हानेको गोली लागेर ५२ वर्षीय तामाङको मृत्यु
कृष्णभीरमा ट्रयाक खोल्ने काम सकियो, बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन