
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा नेपालले ५७ अर्बको इन्धन आयात गरेको छ । भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको असोज मसान्तसम्म नेपालले ५७ अर्ब रुपैयाँको इन्धन आयात गरेको हो ।
तीन महिनामा नेपालले सबैभन्दा धेरै डिजेल आयात गरेको छ । साउनदेखि असोज मसान्तसम्म नेपालले २२ अर्ब १५ करोड ७० लाख बढीको डिजेल आयात गरेको छ । तीन महिनामा नेपालले २ लाख ४५ हजार ६११ किलोलिटर डिजेल आयात गरेको तथ्यांकले देखाएको छ ।
तथ्यांकअनुसार नेपालमा १ लाख ८७ हजार ८८७ किलोलिटर पेट्रोल आयात भएको छ । पेट्रोल आयातका लागि नेपालबाट १६ अर्ब ६२ करोड ८२ लाख रुपैयाँ बाहिरिएको छ । यो अवधिमा विदेशबाट खाना पकाउने एलपी ग्यासको आयात १४ अर्ब ६ करोड ४४ लाख रुपैयाँ बराबरको भएको छ । तीन महिनामा नेपालले ३ लाख ५ हजार ७१७ किलोग्राम खाना पकाउने ग्यास आयात गरेको छ । त्यसैगरी ४ अर्ब ५९ करोड ७९ लाख रुपैयाँ बराबरको हवाई इन्धन आयात भएको छ ।
३ महिनाको अवधिमा नेपालले १२ अर्ब १० करोड ७७ लाख रुपैयाँ बराबरको २७ करोड ५ लाख ४ हजार किलो फलामजन्य सामग्री आयात भएको छ । त्यस्तै फ्लाट र रोल्ड आइरन तथा स्टिलको क्वाइल आयात भएको छ । ८ अर्ब ४९ करोड ३४ लाख रुपैयाँबराबरको १० करोड ६७ लाख ३१ हजार किलो आयात भएको छ ।
विभागको तथ्यांकअनुसार तीन महिनाको अवधिमा विदेशबाट नेपालले विभिन्न प्रकारका खुद्रा औषधि ७ अर्ब ४७ लाख रुपैयाँ बराबरको आयात गरेको छ । त्यसैगरी ६ अर्ब ३५ लाख ७३ हजार रुपैयाँ बराबरको विभिन्न मोबाइल फोन आयात भएको छ । ६ अर्ब ९ करोड ८१ लाख रुपैयाँ बराबरको कच्चा सनफ्लावर तेल र ३ अर्ब ८१ करोड ७६ लाख रुपैयाँ बराबरको कच्चा सोयाविन तेल आयात भएको विभागको तथ्यांक छ ।













समाचार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
हर्मुजमा अलपत्र परेका जहाजहरू ‘सुपर-स्प्रेडर’ बन्न सक्ने चेतावनी
अप्पर सोलु हाइड्रोले एक वर्षमा कमायो २० करोड ८७ लाख नाफा, इपीएस कति ?
पञ्चकन्या माई हाइड्राको वित्तीय अवस्था : करिब ७ करोडको नोक्सानी पुरा गरि ६ करोड ६८ लाख नाफामा
२८८ प्रतिशतले बढ्यो तेह्रथुम पावर कम्पनीको नाफा, अन्य सूचक कस्ता ?
अन्तर्राष्ट्रिय हवाई भाडा कम गर्न माग
देशका विभिन्न भागमा सडकमा यातायात प्रभावित, कुन कुन राजमार्गमा रोक ?
गिद्ध संरक्षणसँगै जैविक विविधता जोगाउन विद्यार्थीको सक्रियता
सोलुखुम्बुमा पहिरोका कारण दुई वडा कार्यालय जोखिममा, ११ परिवार विस्थापित
विदेशबाट भाइले पठाइदिएको मोबाइलले खिचेको तस्बिर बन्यो उत्कृष्ट