
जुम्ला । खेतबारीलाई प्रमुख कार्यस्थल बनाएका तिला गाउँपालिका–८ का २२ वर्षीय दीपक रावतले गाउँमा अग्रणी किसानको परिचयमात्र बनाएका छैनन् लोभलाग्दो आम्दानी पनि गर्दै आएका छन् । जिल्लामा उनी उदाहरणीय उद्यमीका रूपमा चिनिएका छन् ।
उद्यमी रावतले व्यावसायिक ढङ्गले फलफूल नर्सरी मात्र सञ्चालन गरेका छैनन् स्याउ, ओखर र बारीमा मौसमी सागसब्जी पनि फलाएका छन् । उनको फार्ममा ओखर र स्याउका बिरुवासँगै अलिपर बोटमा लटरम्म ओखर र स्याउ फल्छन् । यस वर्ष उनीले स्याउ बेचेर रु. ४० हजार कमाएको बताए । विरुवा बेचेर अधिक लाभ हुने बताउँदै उनले स्याउका बिरुवा बेचेर बर्सेनि तीन लाखभन्दा बढी आम्दानी गर्दै आएको जानकारी दिए।
कृषिकर्ममा केन्द्रित उनले हाल दुई सयवटा ओखरका बिरुवा हुर्काएका छन् । ‘कर्णाली प्रदेश सरकारको बेरोजगार कृषि प्राविधिक छनोट अनुदान कार्यक्रमबाट छनोट भई कृषि विकास कार्यालयको ५० प्रतिशत अनुदानमा रु. तीन लाख लगानीमा तीन हेक्टर जग्गामा स्याउ, ओखरको नर्सरीसँगै सागसब्जी र फलफुलखेतीबाट वार्षिक रु तीनदेखि पाँच लाखसम्मको आम्दानी हुने गरेको छ,’ भविष्यमा स्याउ ओखर तथा फलफूलखेती विस्तार गर्ने लक्ष्यका साथ खेती विस्तारमा जुटेको जानकारी दिँदै उनले भने । वार्षिक रु. १० लाख कमाउने लक्ष्यका साथ बोटबिरुवा बाढाएको उनले बताए ।
१८ महिना कनिष्ठ प्राविधिक सहायक (जेटिए) का रूपमा काम गर्नुभएका तथा वनस्पति र बाली विज्ञान (आइएसएजी) पनि अध्ययन गरेका उनीलाई कृषि क्षेत्रमा काम गर्न असहज छैंन । स्वदेशमा व्यावसायिक रूपमा काम गर्नसके अर्काको देशमा गएर पसिना बगाउनु नपर्ने उद्यमी रावतको बुझाइ छ ।
आफ्नो कृषि फार्मका उत्पादन स्थानीय बजार रारासेरी, नाग्म कुडारी र खलङ्गा बजारसम्म पुग्ने गरेको छन् । स्याउ र ओखरका बिरुवा मुगु र कालीकोटबाट पनि किन्न आउने किसानको सङ्ख्या बढेको उनले बताए । माअनुसार आपूर्ति गर्न नसकेको बताउँदै उनले राज्यबाट प्राप्त अनुदानले साना किसानलाई उद्यमशील बन्न प्रेरित गरेको अनुभव सुनाए।













समाचार
एघार महिनामा पाकेको गहुँ साइत जुराएर काट्छन् चुमभ्यालीका किसान
वर्षा र पहिराेले विभिन्न सडक अवरुद्ध
सयपत्री हाइड्रोपावरको नाफामा २७ प्रतिशतले घट्यो, अन्य सूचक कस्ता ?
जुम्लामा एक जना मृतावस्थामा फेला
ढोरपाटनमा विदेशी सिकारीको आकर्षण, कसरी हुन्छ सिकार ?
नेपालमा मिलिटरी ग्रीन र भारतमा सिल्भर रङमा सार्वजनिक भयो रोयल इन्फिल्डको नयाँ ‘गोर्खा एडिसन’
स्वास्थ्य बीमाको बजेट घटेको छैन, गत वर्ष ११ र यस वर्ष ५ अर्ब थपियो : अर्थमन्त्री वाग्ले
पेरुमा ६.७ म्याग्निच्युडको भूकम्प
बंगलादेशको राष्ट्रपतिमा मिर्जा फखरुल निर्वाचित
एनआईएमबी बैंकका सीईओ पाण्डेलाई ८० लाख धरौटीमा छाड्न आदेश