
दैलेख । जिल्लाको भगवतीमाई गाउँपालिकाका–५ साँङ्गखोला टोलका ६ जना किशोरीहरु चट्याङ लागेर घाइते भएका छन् । सोमबार बेलुका बडालेख जङ्गलमा गाईवस्तु चराएर फर्किदै गर्दा हुलाकडाँडा टाकुरामा परेको चट्याङले उनीहरु घाइते भएका हुन् ।
घाइते हुनेहरुमा १६ वर्षीया तारा भन्ने सङ्गीता मगर, १७ वर्षीया बिष्णु, १२ वर्षीया करिष्मा मगर, १४ वर्षीया विपना थापा, १६ वर्षीया सम्झना मगर र १४ वर्षीया चेतना मगर रहेका भगवतीमाई गाउँपालिकाका–५ का कार्यवाहक वडाध्यक्ष भक्तबहादुर बिकले जानकारी दिए ।
उनीहरु एकै ठाउँ झुम्मिएर उभिएकै ठाउँमा चट्याङ परेको र एकैसाथ किशोरीहरु ढलेका थिए । पाँच जनाको उपचार दैलेख जिल्ला अस्पतालमा चलिरहेको छ भने गम्भीर घाइते सङ्गीता मगरलाई कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको छ ।
फेसबुक प्रतिक्रिया












समाचार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
हर्मुजमा अलपत्र परेका जहाजहरू ‘सुपर-स्प्रेडर’ बन्न सक्ने चेतावनी
अप्पर सोलु हाइड्रोले एक वर्षमा कमायो २० करोड ८७ लाख नाफा, इपीएस कति ?
पञ्चकन्या माई हाइड्राको वित्तीय अवस्था : करिब ७ करोडको नोक्सानी पुरा गरि ६ करोड ६८ लाख नाफामा
२८८ प्रतिशतले बढ्यो तेह्रथुम पावर कम्पनीको नाफा, अन्य सूचक कस्ता ?
अन्तर्राष्ट्रिय हवाई भाडा कम गर्न माग
देशका विभिन्न भागमा सडकमा यातायात प्रभावित, कुन कुन राजमार्गमा रोक ?
गिद्ध संरक्षणसँगै जैविक विविधता जोगाउन विद्यार्थीको सक्रियता
सोलुखुम्बुमा पहिरोका कारण दुई वडा कार्यालय जोखिममा, ११ परिवार विस्थापित
विदेशबाट भाइले पठाइदिएको मोबाइलले खिचेको तस्बिर बन्यो उत्कृष्ट