अमेरिकी डलर र युरोको मूल्य घट्यो, पाउण्डको बढ्यो, कुन देशको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलरसँगै युरोको मूल्य घटेको छ भने पाउण्डको मूल्य बढेको छ । आज अमेरिकी डलर र युरोको मूल्य अघिल्लो दिनको भन्दा १ पैसाले घटेको छ भने पाउण्डको ३५ पैसाले बढेको हो ।

आजका लागि अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ २८ पैसा र बिक्रीदर १३४ रुपैयाँ ८८ पैसा कायम भएको छ । अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३४ रुपैयाँ २९ पैसा र बिक्रीदर १३४ रुपैयाँ ८९ पैसा रहेको थियो । त्यस्तै आज युरोपियन यूरोको विनिमयदर पनि घटेको छ । आज युरो एकको खरिददर १४६ रुपैयाँ ३९ पैसा र बिक्रीदर १४७ रुपैयाँ ०४ पैसा कायम भएको छ । अघिल्लो दिन युरो एकको खरिददर १४६ रुपैयाँ ४० पैसा र बिक्रीदर १४७ रुपैयाँ ०५ पैसा रहेको थियो ।

त्यस्तै आज युके पाउन्ड स्टर्लिङको विनिमयदर भने बढेको छ । आज पाउण्ड एकको खरिददर १७४ रुपैयाँ ४२ पैसा र बिक्रीदर १७५ रुपैयाँ २० पैसा कायम भएको छ । अघिल्लो दिन पाउण्ड एकको खरिददर १७४ रुपैयाँ ०७ पैसा र बिक्रीदर १७४ रुपैयाँ ८५ पैसा रहेको थियो । आज स्विस फ्र्याङ्क एकको खरिददर १५५ रुपैयाँ ८२ पैसा र बिक्रीदर १५६ रुपैयाँ ५२ पैसा कायम भएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ९६ पैसा र बिक्रीदर ८९ रुपैयाँ ३६ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ७४ पैसा र बिक्रीदर ९७ रुपैयाँ १७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०२ रुपैयाँ ०१ पैसा र बिक्रीदर १०२ रुपैयाँ ४६ पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिददर ८ रुपैयाँ ८२ पैसा र बिक्रीदर ८ रुपैयाँ ८६ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ९० पैसा र बिक्रीदर १८ रुपैयाँ ९९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९१ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ०१ पैसा तोकिएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर ४ रुपैयाँ र बिक्रीदर ४ रुपैयाँ ०२ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ९० पैसा र बिक्रीदर ३१ रुपैयाँ ०४ पैसा कायम छ । दक्षिण कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ७३ पैसा र बिक्रीदर ९ रुपैयाँ ७७ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ५६ पैसा र बिक्रीदर १२ रुपैयाँ ६१ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ६३ पैसा र बिक्रीदर १९ रुपैयाँ ७१ पैसा निर्धारण गरिएको छ ।

राष्ट्र बैङ्कले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ २८ पैसा र बिक्रीदर १७ रुपैयाँ ३६ पैसा, कुवेती दिनार एकको खरिददर ४३८ रुपैयाँ ३४ पैसा र बिक्रीदर ४४० रुपैयाँ ३० पैसा, बहराइन दिनार एकको खरिददर ३५६ रुपैयाँ १८ पैसा र बिक्रीदर ३५७ रुपैयाँ ७७ पैसा तोकेको छ ।
भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार