
मन्थली । निर्माण कार्य सम्पन्न भएको तीन वर्ष नबित्दै रामेछापको खाँडादेवी गाउँपालिका–६ माकादुमको घ्यानसिङ डाँडामा निर्माण गरिएको शिव–बुद्ध उद्यान जीर्ण बनेको छ ।
खाँडादेवी गाउँपालिकाले २०७८ सालमा १० लाख रुपैयाँको लागतमा निर्माण गरेको उक्त उद्यान संरक्षण अभावमा जीर्ण बन्दै गएको हो । गाईबाख्रा चराउने र घाँसदाउरा गर्नेहरुले उद्यानका संरचना तोडफोड गरेका छन् । उद्यानका गमला फुटालिएका छन् भने पानीको फोहरा दिने विद्युतीय तार चँुडाइएको छ ।
उक्त उद्यानबाट वरिपरिको दृश्यावलोकन गर्न सकिन्छ । यहाँ शिव र बुद्धको मूर्ति राखिएको छ । फूलका गमलाले उद्यानलाई सजाइएको छ । पालिकाले यसको संरक्षण गर्न जरुरी रहेको सिन्धुलीबाट उद्यान घुम्न आएका राजन कार्कीले बताए ।
खाँडादेवी गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले उद्यान चाँडै मर्मत गरिने बताए । यहाँ आन्तरिक र बाह्य पर्यटक दृश्यावलोकनका लािग बेलाबेलामा आउने गरेका छन् ।













समाचार
दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा
झण्डा प्राविधिक कुरा हो, अर्थमन्त्रीको भारत भ्रमण उपलब्धीपूर्ण– रास्वपा
अब जनताले देशको चाबी श्रम संस्कृतिलाई हस्तान्तरण गर्ने सुदन किरातीको दाबी
पाल्पा जीप दुर्घटनामा घाइते एक जनाको मृत्यु, ५ जनाको उपचार हुँदै
बेनी हाइड्रोपावरको आईपीओ कहिले बाँडफाँड हुन्छ ?
परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना
भाटभटेनीको टंगाल स्टोर भोलिदेखि पुनः सञ्चालनमा आउने
दुई महिनामामा श्रम स्वीकृति लिनेकाे संख्या १ लाख बढी
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका ९ स्थानीय तह तयार
६ महिने सुत्केरी बिदा आरामका लागि होइन, आमा र बच्चाको स्वास्थ्यका लागि हो : सांसद थपलिया