
काठमाडौं । साताको सेयर कारोबार हुने पहिलो दिन नेप्से परिसूचकमा उच्च वृद्धि भएको छ । सेयर कारोबार हुने साताको पहिलो दिन आइतबार सेयर बजारमा ६२ अकको वृद्धि भएको हो ।
आजको सेयर कारोबार बन्द हुँदा परिसूचक ६२ दशमलव ५४ अंकले बढेर २७३८ दशमलव ०६ विन्दुमा पुगेको छ । यो अघिल्लो कारोबारभन्दा २.३३ प्रतिशतले बढी हो । आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये २२८ कम्पनीको सेयर मूल्य बढेको छ भने १३ कम्पनीको सेयर मूल्य भने घटेको छ । त्यस्तै ३ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।
त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ९ दशमलव ९१ अंकले बढेर ४८७ दशमलव १० विन्दुमा पुगेको छ । त्यस्तै आज १३ वटै उपसूचकको सेयर मूल्य बढेको छ ।
परिसूचकसँगै आज कारोबार रकममा पनि सुधार भएको छ । अघिल्लो कारोबार दिन ५ अर्बभन्दा माथिको कारोबार भएको बजारमा आज ९ अर्बभन्दा माथिको कारोबार भएको छ । आज ३२५ कम्पनीका २ करोड २४ लाख ७४ हजार २८१ कित्ता सेयर १ करोड ६५१ पटक खरिद बिक्री हुँदा ९ अर्ब ७७ करोड ११ लाख २४ हजार ७३ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आजको कारोबार बन्द हुँदा सेयर बजारमा ६ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।













समाचार
तीजको दरखाने खर्च बाढीपीडितलाई
१४औँ महाधिवेशनबाट निर्वाचित सबै केन्द्रीय सदस्यलाई केन्द्रीय समितिमा समेट्ने कांग्रेसको निर्णय
स्रोत नखुलेको १३ लाख रुपैयाँसहित ठमेलबाट एक युवक पक्राउ
बाढी प्रभावितको राहतका लागि निस्ट फाउन्डेसनको साढे २२ लाख सहयोग
एसियाली खेलकुदका लागि नेपालको क्रिकेट टोली घोषणा
नक्कली सुन देखाएर एक करोड ३९ लाख ठगी, एक पक्राउ
कृष्णभिरमा अवरुद्ध सडक आंशिक रूपमा सञ्चालन, रोकिएका ग्यास बुलेट पास गराइयो
मलेसियास्थित नेपाली राजदूतावासले भन्यो– अवैध बाटो हुँदै थाइल्यान्ड र मलेसिया आउनु जोखिमपूर्ण
जोखिमपूर्ण हिमतालका जलस्तर घटाउन गृहकार्य जारी : मन्त्री श्रेष्ठ
बागमती प्रदेशका मुख्यमन्त्री थापा र महासंघका अध्यक्ष श्रेष्ठबीच भेटवार्ता