
काठमाडौं । साताको कारोबार हुने दोस्रो दिन सोमबार पनि सेयर बजारमा दोहोरो अंकको सुधार देखिएको छ । अघिल्लो दिन पनि उच्च अंकले बढेको बजार आज पनि २२ दशमलव १४ अंकले बढेको हो ।
आजको कारोबार बन्द हुँदा सेयर बजार परिसूचक २७६० दशमलव २१ विन्दुमा पुगेको हो । यो अघिल्लो दिनको भन्दा ०.८० प्रतिशतले बढी हो । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव ६१ अंकले बढेर ४९० दशमलव ७२ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये ८ वटा उपसूचकको सेयर मूल्य बढेको छ भने ५ वटाको घटेको छ ।
आज कारोबार भएका कम्पनीमध्ये १४३ वटाको सेयर मूल्य बढेको छ भने ९२ वटा कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ९ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । परिसूचकसँगै कारोबार रकममा पनि दुई महिनायताकै उच्च वृद्धि देखिएको छ ।
आज सेयर बजारमा ११ अर्बभन्दा माथिको कारोबार भएको छ । आजको कारोबार बन्द हुँदा ३०२ कम्पनीका २ करोड ४५ लाख ५७ हजार १५३ कित्ता सेयर १ लाख १३ हजार ९६४ पटक खरिद बिक्री हुँदा ११ अर्ब ३१ करोड ५२ लाख ७ हजार १२७ रुपैयाँको कारोबार भएको छ ।
आज सेयर बजारमा ४ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने एउटा कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।











समाचार
बजेट रोक्कादेखि जग्गा प्राप्तिमा समस्या: तनहुँका विकास आयोजना कार्यान्वयन हुन सकेनन्
करोडौँ खर्चेर बनेको खुट्टीखोला सिँचाइ आयोजना अलपत्र: खेतसम्म पानी नपुग्दा किसान आकाशे पानीकै भरमा
साँझपख झनै चम्कन्छ भानुचोक
याङवरक पोखरी खानेपानी योजना सम्पन्न
दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल
गुराँस लघुवित्तको सेयरमूल्य समायोजन
नवरात्रको चौथो दिन : कुष्माण्डा देवीको पूजा आराधना गरिँदै
दोहाेरो वायुको प्रभाव, कस्तो रहला आजको मौसम ?
यस्तो छ आजका लागि तोकिएको विदेशी मुद्राको विनिमयदर
घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरणले सहज