
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि सार्वजनिक गरेको विदशी मुद्राको विनियदर अनुसार अकेरिकी डलरसँगै युरो र पाउण्डको मूल्य पनि घटेको छ । आज यी तीन वटै मुद्राको विनियदर अघिल्लो दिनको तुलनामा घटेको हो ।
आज एक अमेरिकी डलरको खरिददर १३४ रुपैयाँ ७१ पैसा र बिक्रीदर १३५ रुपैयाँ ३१ पैसा कायम भएको छ । अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३४ रुपैयाँ ७४ पैसा र बिक्रीदर १३५ रुपैयाँ ३४ पैसा रहेको थियो । त्यस्तै आज युरोपियन युरो विनिमयदर पनि घटेको छ । आज युरो एकको खरिददर १४२ रुपैयाँ ९६ पैसा र बिक्रीदर १४३ रुपैयाँ ६० पैसा कायम भएको छ । अघिल्लो दिन युरो एकको खरिददर १४३ रुपैयाँ २२ पैसा र बिक्रीदर १४३ रुपैयाँ ८५ पैसा रहेको थियो ।
त्यस्तै आज युके पाउण्ड स्टर्लिङको विनियमदर पनि घटेको छ । आज पाउण्ड एकको खरिददर १७१ रुपैयाँ ५९ पैसा र बिक्रीदर १७२ रुपरैयाँ ३५ पैसा कायम भएको छ । अघिल्लो दिन पाउण्ड एकको खरिददर १७२ रुपैयाँ ८६ पैसा र बिक्रीदर १७३ रुपैयाँ ६३ पैसा रहेका थियो । त्यस्तै स्वीस फ्रयाङ्क एकको खरिददर १५२ रुपैयाँ ५१ पैसा र बिक्रीदर १५३ रुपैयाँ १९ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ८४ पैसा र बिक्रीदर ८८ रुपैयाँ २४ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ४९ पैसा र बिक्रीदर ९६ रुपैयाँ ९२ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०० रुपैयाँ ६५ पैसा र बिक्रीदर १०१ रुपैयाँ १० पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिद दर ८ रुपैयाँ ६९ पैसा र बिक्रीदर ८ रुपैयाँ ७३ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १८ रुपैयाँ ७६ पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३५ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ०१ पैसा, कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३७ रुपैयाँ १२ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाइभाट एकको खरिददर ३ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३ रुपैयाँ ९० पैसा, युएई दिराम एकको खरिद दर ३६ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ २९ पैसा र बिक्रीदर ३० रुपैयाँ ४२ पैसा, दक्षिण कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ६२ पैसा र बिक्रीदर ९ रुपैयाँ ६६ पैसा, स्वीडिस क्रोनर एकको खरिद दर १२ रुपैयाँ ३४ पैसा र बिक्रीदर १२ रुपैयाँ ४० पैसा र डेनिस क्रोनर एकको खरिद दर १९ रुपैयाँ १६ पैसा र बिक्रीदर १९ रुपैयाँ २५ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ३२ पैसा र बिक्रीदर १७ रुपैयाँ ४० पैसा, कुबेती दिनार एकको खरिददर ४३७ रुपैयाँ ९५ पैसा र बिक्रीदर ४३९ रुपैयाँ ९० पैसा, बहराइन दिनार एकको खरिददर ३५७ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३५९ रुपैयाँ तथा भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।












समाचार
अर्थमन्त्रालयको एक्सन पछि सेयर बजारमा उछाल, परिसूचक ४८ अंकले बढ्दा ८ अर्ब माथिको कारोबार
फास्ट फुड एसोसिएसनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ लाख बढी सहयोग
रोयल एवान इन्भेस्टमेन्टद्वारा विपद् कोषमा ५ लाख ५ हजार ५५५ सहयोग
कृष्णभीरमा नयाँ ट्र्याक अन्तिम चरणमा, असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी
प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनीतिक महत्वका सडक स्तरोन्नति
पुँजी बजार सुधार कार्ययोजनाले बजारमा ऊर्जा थप्ने मनोज ज्ञवालीको विश्लेषण
रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति
आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, दुई हजारभन्दा बढी अतिथि सहभागी हुँदै
प्रतिनिधिसभाको बैठक बस्दै