
काठमाडौं । सोमबारदेखि तीनदिने एसिया प्रशान्त क्षेत्रस्तरीय सम्मेलन नेपालमा हुने भएको छ । पूर्वाधार विकासलाई दिगो तथा वातावरणमैत्री बनाउन नवीनतम् प्रविधिको उपयोग गरी जल, वातावरण, आवास, यातायात, पर्यावरण, पूर्वसूचना प्रविधि लगायतका विशिष्टीकृत विषयमा परामर्श गर्न सम्मेलन आयोजना गर्न लागिएको आयोजक सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एन्ड इन्जिनियरिङ फम्र्स (स्काएफ) नेपालले जनाएको छ ।
आइतबार आयोजित पत्रकार सम्मेलनमा स्काएफ अध्यक्ष ठाकुरप्रसाद शर्माले सम्मेलनमा एसिया प्रशान्त क्षेत्रका २० भन्दा बढी देशका पाँच सयभन्दा धेरै प्रतिनिधिले भाग लिने जानकारी दिए । यसअघि सन् २००९ मा नेपालले । यस्तै अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरेको उनले बताए । सम्मेलनमा सातवटा अलग अलग विषयमा कार्यपत्र प्रस्तुतिसहित समूहगत छलफल हुने जनाइएको छ ।
तीन दिनसम्म चल्ने कार्यक्रमको सारांश प्रतिवेदन सरकारलाई समेत बुझाइने जनाइएको छ । सम्मेलनलाई विश्वभरिका सम्पूर्ण परामर्शदाताहरूको अन्तर्राष्ट्रिय संस्था फिडिकका अध्यक्ष क्याथरिन काराकात्सानीसले पनि सम्बोधन गर्ने कार्यक्रम छ ।











समाचार
करदाता प्रोत्साहन उपहार कार्यक्रमलाई सहजीकरण गर्न राष्ट्र बैंकको निर्देशन
बाढीपहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
नेशनल हाइड्रोको स्थगित साधारणसभा नयाँ मिति घोषणा
विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
कुमारी बैंकको १५ हजार कित्ता संस्थापक सेयर विक्रीमा
आरम्भ चौतारी लघुवित्तको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त
होर्मुजमा जहाज आवागमन ठप्प प्रायः, समुद्री सुरक्षाका लागि साउदीको नयाँ पहल
असुल गरिएको शिक्षा र स्वास्थ्य समता शुल्क १५ दिनभित्र सम्बन्धित सेवाग्राहीलाई फिर्ता हुने
धितोपत्र बोर्डद्वारा मर्चेन्ट बैंकरहरूका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न