
काठमाडौं । सेयर कारोबार हुने साताको चौथो दिन बुधबार सेयर बजार परिसूचक सामान्य बढेको छ । आजको कारोबार बन्द हुँदा सेयर बजार परिसूचक ९ दशमलव ०९ अंकले बढेको हो ।
आजको कारोबार बन्द हुँदा परिसूचक २७११ दशमलव ७५ विन्दुमा पुगेको छ । आज सेयर बजारमा कारोबार भएका कम्पनीहरमध्ये १४३ कम्पनीको सेयर मूल्य बढेको छ भने ८९ कम्पनीको सेयर मूल्य भने घटेको छ । त्यस्तै ११ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।
त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव ३४ अंकले बढेर ४७८ दशमलव ५० विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये ८ वटाको सेयर मूल्य बढेको छ भने ५ वटाको घटेको छ ।
परिसूचक बढे पनि कारोबार रकममा भने आज गिरावट आएको छ । अघिल्लो दिन साढे १० अर्ब माथिको कारोबार भएको बजारमा आज ७ अर्ब भन्दा माथिको मात्रै कारोबार भएको छ । आज सेयर बजारमा ३२३ कम्पनीका १ करोड ५४ लाख ६४ हजार ५५२ कित्ता सेयर ७४ हजार ३०३ पटक खरिद बिक्री हुँदा ७ अर्ब ९ करोड २८ लाख ७९ हजार ९४६ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आजको कारोबार बन्द हुँदा सेयर बजारमा ८ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै एक कम्पनीको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।













समाचार
विदेशी मुद्राको सञ्चिति साढे ३७ खर्ब माथि, १९.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त
चालु खाता ८०२ अर्ब एवम् शोधनान्तर स्थिति ९२६ अर्बले बचतमा
रेमिट्यान्स आप्रवाह ३८ प्रतिशतले बढ्यो, ११ महिनामा २१ खर्ब बढी भित्रियो
सप्तकोसी नदीमा पानीको बहाव बढ्यो, ब्यारेजका २० ढोका खोलिए
भौतिक विकासको पर्खाइमा पलगडी गाउँ
नारायणी यातायातले नयाँ एम्बुलेन्स खरिद गर्ने
पर्यटकीय पूर्वाधारमा केन्द्रित जनकपुरधाम
गोरखामा ५८ प्रतिशत धान रोपाइँ सकियो
भदौमा मनकामना इन्जिनियरिङ्ग हाईड्रोपावरको ५४ लाख भन्दा बढी कित्ताको लकइन सकिदै
आजको मौसम : देशभर मनसुनी वायुको प्रभाव, चार प्रदेशमा भारी वर्षाको सम्भावना