
काठमाडौं । आर्सनल, म्यानचेस्टर सिटी र बायर्न म्युनिख महिला च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । लन्डनमा भएको खेलमा आर्सनलले युभेन्टसमाथि १–० को जित निकाल्दा लिना हर्टिगले गोल गरिन् ।
अर्को खेलमा खादिजा सावले दुई गोल गरेपछि सिटीले स्वीडेनको क्लब हम्मार्बीमाथि २–१ को जित निकालेको हो । समूह ‘डी’ मा चार खेलमा जित निकालेको सिटी सन् २०२१ पछि पहिलो पटक अन्तिम आठमा पुगेको हो । नर्वेको भालेरेंगामा बायर्न म्युनिखले १–१ गोलको बराबरी खेलेको थियो। आर्सनल, बायर्न र सिटीसँगै चेल्सी, लियोन र रियल मड्रिड क्वाटरफाइनल पुगिसकेका छन् ।
दुई पटकको डिफेन्डिङ च्याम्पियन बार्सिलोनाले अस्ट्रियाको च्याम्पियन सेन्ट पोल्टेनलाई ४–१ ले हरायो । क्याटलान क्लब आफ्नो समूहमा सिटीभन्दा तीन अंकले पछि परेको छ। तर, अन्तिम आठमा पुग्ने सम्भावना बलियो बनाएको छ । समूह ‘सी’ को शीर्ष स्थानमा रहेको बायर्नको १०, आर्सनलको ९, युभेन्टसको ३ र भालारेंगाको १ अंक छ ।













समाचार
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल
दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा
गृहमन्त्री सुदन गुरुङ विराटनगर प्रस्थान
राष्ट्रपतिको अपिल- सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राखौँ
राष्ट्रिय हित र शान्ति स्थापनाका लागि सबै एकजुट हौँ : पूर्वप्रधानमन्त्री ओली
तराईको तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्नका लागि सबैले सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न महासंघको आग्रह
नेपालीबीचको एकता र सद्भाव खलबलिनु दुःखद : पूर्वराजा शाह