
काठमाडौं । अस्ट्रेलियाविरुद्ध पहिलो टेस्टमा भारत बलियो स्थितिमा पुगेको छ । पहिलो पारीमा १५० रन मात्रै बनाएको भारतले दोस्रो पारीमा उत्कृष्ट ब्याटिङ गर्दै खेलमा पकड बनाएको हो ।
शनिबार दोस्रो दिनको खेल सकिँदा भारतले दोस्रो पारीमा विना विकेटको क्षतिमा १ सय ७२ रन बनाएको छ । यो अवस्थामा पाहुना टोली भारतले २ सय १८ रनको अग्रता बनाएको छ । उसको १० विकेट नै बाँकी रहेको छ । दोस्रो पारीमा भारतका यशस्वी जयसवाल ९० रन र लोकेश राहुल ६२ रनमा अविजित छन् । १ सय ९३ बल खेलेका यशस्वीले ७ चौका र २ छक्का प्रहार गरे । राहुलले १ सय ५३ बलमा ४ चौका प्रहार गरे ।
पर्थमा बिहीबार देखि सुरु भएको खेलमा टस जितेर ब्याटिङ गरेको भारतले पहिलो पारीमा १५० रन बनाएको थियो । भारतका नितिश रेड्डीले सर्वाधिक ४१ रन बनाए । अस्ट्रेलियाका जोश हेजलवुडले ४ विकेट लिए । भारतलाई १५० रनमा रोकेर पहिलो दिन नै आफ्नो पहिलो पारी थालेको घरेलु टोलिले पनि निकै खराब ब्याटिङ गर्यो । उसले पहिलो दिन नै ६७ रन बनाउन आफ्ना ७ विकेट गमाउन पुग्यो । दोस्रो दिन अस्ट्रेलियाको पहिलो पारी १०४ रनमा रोकियो ।
पहिलो पारीमा अस्ट्रेलियाका मिचेल स्टार्कले सार्वधिक २६ रन बनाए । भारतका कप्तान जसप्रीत बुमराह एक्लैले ५ विकेट लिएका थिए । हर्सित रानाले ३ तथा मोहम्मद सिराजले २ विकेट लिएका थिए ।













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व