
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (मंसिर ११ गते) अन्तिम दिन रहेको छ । ३८ औं वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले भोलि (मंसिर १२ गते) बुक क्लोज गर्ने भएकाले आजसम्म कायम सेयरधनी मात्रै बैंकको सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।
बैंकले हाल कायम चुक्ता पुँजीको ६.५० प्रतिशत अर्थात् प्रतिसेयर १०० सेयरमा ६.५ सेयरका दरले बोनस सेयर र १९ प्रतिशत अर्थात् प्रतिसेयर १९ रुपैयाँ नगद लाभांश (कर समेत) वितरण गर्ने घोषणा गरिसकेको छ । घोषित लाभांश पारित गर्न बैंकले मंसिर २५ गते मंगलबार भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान साढे ९ बजे सभा बोलाएको छ ।
सभामा बैंकको अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि गर्न र आवश्यक परेको खण्डमा प्रबन्धपत्र तथा नियमावलीको संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि पेश हुनेछ । यसका साथै गत आर्थिक वर्षको वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने र चालु आवका लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाका लागि तय गरिएको छ ।













समाचार
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल
दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा
गृहमन्त्री सुदन गुरुङ विराटनगर प्रस्थान
राष्ट्रपतिको अपिल- सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राखौँ
राष्ट्रिय हित र शान्ति स्थापनाका लागि सबै एकजुट हौँ : पूर्वप्रधानमन्त्री ओली
तराईको तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्नका लागि सबैले सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न महासंघको आग्रह
नेपालीबीचको एकता र सद्भाव खलबलिनु दुःखद : पूर्वराजा शाह