
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले १५ वार्षिक साधारणसभा पुस ११ गते बिहीबार बोलाएको छ । कम्पनीको मंसिर ११ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको भाटभटेनीस्थित आम्रपाली व्याङ्केटमा बिहान १० बजे सभा बोलाएको हो ।
सभामा हाल कायम चुक्ता पुँजीको ९ प्रतिशत बोनस सेयर र ०.४७ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पेश हुनेछ । यसका साथै गत आर्थिक वर्ष (आव) २०८०÷८१ को वार्षिक र लेखापरीक्षण प्रतिवेदन सहित वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने र चालू आवका लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने र ३ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पेश हुनेछ ।
त्यसैगरी अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने, अन्य उपयुक्त लघुवित्तसँग मर्जर गर्न र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि सभाका लागि तय गरिएका छन् । सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले मंसिर २३ गते एक दिन बुक क्लोज गर्ने भएको छ । यसर्थ मंसिर २० गतेसम्म कायम सेयरधनी सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।













समाचार
सेबोनको नयाँ आईपीओ मापदण्डको प्रस्तावमा इप्पानको आपत्ति, जलविद्युतलाई छुट्टै व्यवस्था गर्न माग
जागिरसँगै सव–इञ्जिनियरको पाखोबारीमा फलफूल बगैँचा
प्रसारण लाइन निर्माणः प्रभावितलाई दश करोड ३३ लाख मुआब्जा
रोयल इन्फिल्डको ‘वान राइड’मा देशभरबाट १ हजार ५ सयभन्दा बढी सहभागी
भोटेकोशी बाढीमा बेपत्ता सिपाही कुमालको २७ दिनपछि अन्त्येष्टि
रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति
प्रधानमन्त्री बालेन्द्र शाह यूएन महासभामा भाग लिन अमेरिका प्रस्थान, असोज ८ मा सम्बोधन गर्ने
“सीप र रोजगारी : साझा जिम्मेवारी” भन्ने मूल नाराका साथ रोजगार मेला, २०८३ हुँदै
नेपाल टेलिकमद्वारा भदौ महिनामा मात्र १३ स्थानमा नयाँ टेलिफोन टावर जडान
सडक निर्माणको ठेक्का प्रक्रियामा मिलेमतो, ७३ लाख ६१ हजार बिगोसहित ८ जनाविरुद्ध मुद्दा