
काठमाडौं । साताको चौथो कारोबार हुने दिन बुधबार सेयर बजारमा हरियाली छाएको छ । अघिल्लो दिन पनि उच्च अंकले बढेको सेयर बजार आज पनि उच्च अंकले नै बढेर बन्द भएको हो ।
आजको कारोबार बन्द हुँदा सेयर बजार परिसूचक ३८.८१ अंकले बढेर २७५६.३६ विन्दुमा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १.४६ प्रतिशतले सेयर बजारमा वृद्धि भएको छ । आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये २०० कम्पनीको सेयर मूल्य बढेको छ भने ३८ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ६ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।
त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव ३३ अंकले बढेर ४८० रुपैयाँ ९० विन्दुमा पुगेको छ । त्यस्तै आज १३ उपसूचकमध्ये १२ उपसूचकको सेयर मूल्य बढेको छ भने एउटाको घटेको छ ।
नेप्सेसँगै कारोबार रकममा पनि आज सुधार देखिएको छ । अघिल्लो दिन ७ अर्ब भन्दा माथिको कारोबार भएको बजारमा आज ९ अर्ब भन्दा माथिको कारोबार भएको छ । आज सेयर बजारमा ३१६ कम्पनीका १ करोड ७१ लाख ८३ हजार ८५४ कित्ता सेयर ८९ हजार पटक खरिद बिक्री गर्दा ९ अर्ब ३१ करोड २९ लाख ३४ हजार ८४० रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये ८ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै एक कम्पनीको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेर बन्द भएको छ ।













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह