
गोरखा । गोरखा नगरपालिका–८, आमडाँडास्थित कुनबारीका मगर समुदायका महिला आफ्नो समुदायको संस्कृति र परम्पराका सरंक्षणमा जुटेका छन् । मगर समुदायको वेशभूषा, संस्कृति र परम्परा जोगाउनका उनीहरु समूहमार्फत पहल सुरु गरेको आमाडाँडा महिला समूहकी अध्यक्ष बेली थापामगरले जानकारी दिइन् ।
‘मगर समुदायको संस्कार र संस्कृति जीवन्त राख्न अहिले मगर जातिको सोरठी, कौह्रा, झ्याउरे नृत्य पछिल्लो पुस्तालाई सिकाउने थालिएको छ’, उनले भनिन्, ‘त्यसबाहेक जन्म, मृत्यु र विवाहलगायतका कर्मकाण्डलाई पनि आफ्नै परम्पराअनुसार नै गर्नका लागि सिकाइको प्रक्रियालाई अगाडि बढाइएको छ ।’ गोरखा सामुदायिक सिकाइ केन्द्र र वडाको सहयोगमा स्थानीय मगर समुदायको मूर्त तथा अमूर्त संस्कृतिको संरक्षण एवं पुस्तान्तरणका लागि महिलाले काम गरिरहेको अध्यक्ष थापामगरले बताइन् । ‘मगर जातिका महिला र पुरुषले लगाउने परम्परागत पोसाकबारेमा पछिल्लो पुस्तालाई थाहा हुन छोडिसक्यो’, उनले भनिन्, ‘यसलाई जोगाउन र पुस्तान्तरणका जरुरी छ, हामीले त्यो काम पनि सुरु गरेका छौँ ।’
गोरखा सामुदायिक सिकाइ केन्द्रले मगर समुदायका महिलालाई संस्कृतिका संरक्षणमा सहयोग पु¥याउन मादल, झुर्मालगायतका परम्परागत वाद्य सामग्री सहयोग गर्दै आएको छ । ‘पछिल्लो समय जातजातिका आफ्ना मौलिक संस्कृतिको संरक्षण हुनै सकेको छैन, नत संस्कृतिको पु्स्तान्तरण नै हुने गरेको छ’, केन्द्रका अध्यक्ष विशेश्वर कट्टेलले भने, ‘संस्कृतिको पुस्तान्तरण र पुस्ता हस्तान्तरणको दूरी कम गर्न सिकाइ केन्द्रमार्फत महिलाले काम गर्न थालेका छन् ।’
समूहले मगर जातिका युवायुवतीलाई आफ्नो संस्कार र संस्कृतिको बारेमा जानकारी दिन सकेमात्र मौलिक संस्कृति र परम्पराको पुस्ता हस्तान्तरण गर्न सकिने उनको भनाइ छ । आमडाँडाका मगर समुदायका महिलाले संस्कृति जर्गेनासँगै स्थानीय रैथाने जातको बालीनाली संरक्षण र प्रवद्र्धनमा काम गर्दै आएका छन् ।













समाचार
विश्व कीर्तिमानी किली पेम्बा शेर्पा : ब्रड पिकमा रोकियो साहसिक यात्रा
शेखरले एसियाली आईटीएफ खेल्ने
पोल्ट्री व्यवसायीलाई प्रशिक्षण
राष्ट्रपतिसमक्ष एनआरएनएको शिष्टाचार भेट, विश्व ज्ञान सम्मेलनको अवधारणापत्र प्रस्तुत
वीरगञ्ज नाकाबाटको २ खर्ब ३८ अर्ब पेट्रोलियम पदार्थ आयात
नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको ध्यानाकर्षण तथा अपिल
सामाजिक सद्भाव कायमका लागि सक्रिय रहन प्रदेश महासंघ तथा जिल्ला/नगर संघहरूलाई महासंघको आह्वान
छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार
सामाजिक सद्भाव र शान्ति कायम गर्न इप्पानको अपिल
साउन १५ को अवसरमा १ अर्बभन्दा बढीको दूध कारोबार