
बाँके । कृषि ज्ञान केन्द्रले किसानको खेतबारीमा कृषि प्राविधिकसहितको टोली पठाएर ‘कृषक प्राविधिक भेटघाट’ अभियान सुरु गरेको छ । लुम्बिनी प्रदेश सरकारको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको स्वीकृत वार्षिक कार्यक्रमअनुसार कृषि ज्ञान केन्द्रमार्फत सो भेटघाट सुरु भएको हो ।
हालसम्म जिल्लाका डुडुवा गाउँपालिका–२, नरैनापुर गाउँपालिका–२ र ६ का किसानका खेतबारीमा पुगेर उनीहरूसँग छलफल तथा अन्तक्र्रिया गरिएको ज्ञान केन्द्रका प्रमुख विनोद घिमिरेले जानकारी दिए । सो कार्यक्रमबाट किसान उत्साहित र खुसी देखिएको उल्लेख गर्दै यसलाई कृषि अनुसन्धानसँग पनि जोड्न सकिने बताए । ‘प्राविधिक रूपमा किसानका साना–साना समस्या देखिएका छन्, ती समस्या समाधान गर्न यसले सघाउ पुर्याउँछ’, प्रमुख घिमिरेले भने ।
प्रदेशमा पहिलोपटक प्रदेश सरकारको स्वीकृति वार्षिक कार्यक्रमअनुसार जिल्लाका किसानको खेतबारी र घरघरमा पुगेर उनीहरूसँग भेटघाट, छलफल तथा अन्तक्र्रिया गरेको यो पहिलोपटक हो । अघिल्ला वर्षहरूमा किसानसँग जाने गरिए पनि औपचारिक रूपले प्रदेश सरकारले घोषणा गरेको कार्यक्रम यो पहिलो भएको बताइएको छ । बाँकेमा तीन स्थानका किसानसँग पुगेर समस्याका बारेमा जानकारी लिइएको छ । ‘स्थलगत रूपमा फिल्डमा नै पुगेर किसानसँग भेटघाट तथा छलफल गर्ने, समस्या पहिचान गर्ने र कार्यालयले समाधान गर्न सक्ने समस्या समाधान गरिदिने र जटिल खालका समस्या देखिएमा सुझावसहित कृषि अनुसन्धान केन्द्रमा पठाउने गरेका छौँ’, वरिष्ठ वागवानी विकास अधिकृत सन्तोष पाठकले भने ।
किसानका घरखेतमा पुगेर किसानसँग दोहोरो संवाद र छलफल हुँदा किसान पनि प्रोत्साहित हुने र आवश्यक जानकारी प्राविधिकसँग लिनसक्ने तथा किसानका समस्या कार्यालयले प्रत्यक्षरुपमा देख्न र बुझ्न सक्ने हुँदा त्यहाँबाट प्राप्त हुने विषयलाई आगामी योजना बनाएर कार्यान्वयन गर्न सजिलो हुनेछ । हालसम्म डुडुवा–२ कोलहीका किसान, नरैनापुर–२ स्थित चुरे बहुउद्देश्यीय कृषि सहकारी संस्थाका किसान र वडा नं ६ स्थित सन्तानेश्वर कृषि समूहका किसानसँग छलफल गरी किसानका समस्याका बारेमा जानकारी लिइएको छ । यसलाई अन्य स्थानीय तहमा पनि विस्तार गरिने कृषि ज्ञान केन्द्रले जनाएको छ ।













समाचार
सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम
भलमन्सा विधेयकमाथि छलफल: सबै समुदायको छुट्टाछुट्टै मौलिक अभ्यासलाई समेट्न माग
चाडबाड नजिकिँदै गर्दा बजार अनुमगन
पश्चिमका क्यान्सर बिरामीका लागि आशा बन्दै खजुराको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल
दमौली–भरतपुर प्रसारण लाइनका लागि सबै सामुदायिक वनमा रुख कटानको स्वीकृति
खर काट्न गएकी महिलाको भिरबाट लडेर मृत्यु
अन्तिम समयको गोलले हारबाट जोगियो म्यानचेस्टर युनाइटेड
म्याद गुज्रेका सामग्री फेला परेपछि खोटाङमा अनुगमन तीव्र
साउदी छोडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक १ लाख आम्दानी
कालीगण्डकी कोरिडोर केन्द्रित पशुपालन प्रवर्द्धन