
भोजपुर । जिल्लाको अरुण गाउँपालिका–७ सिक्रेटारले ‘नागरिक साझेदारी स्वास्थ्य बिमा कार्यक्रम’ सञ्चालनमा ल्याएको छ । वडाले आर्थिक रूपमा कमजोर भएका तथा विपन्न नागरिकको स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राख्दै स्वास्थ्य बिमा कार्यक्रम सञ्चालनमा ल्याएको हो ।
गाउँपालिकाको यही मङ्सिर १२ गतेको कार्यपालिका बैठकको निर्णयअनुसार वडाले नागरिकको आवेदन सङ्कलन थालेको छ । कार्यपालिकाको निर्णयमा उल्लेख भएको आधारमा बिमा शुल्कको ७१ दशमलव ४३ प्रतिशत वडाले बेहोर्ने र बाँकी २८ दशमलव ५७ प्रतिशत नागरिक स्वयंले तिर्ने गरी आवदेन सङ्कलन थालिएको अरुण–७ का वडाध्यक्ष कुमार थापाले जानकारी दिए।
कार्यक्रमले वडामा बसोबास गर्ने अति गरिब, विपन्न, दीर्घरोगी तथा अपाङ्गता भएका व्यक्तिलाई लक्षित गरेको उनले बताए । ‘हामीले गरिब तथा विपन्न परिवारलाई लक्षित गरेर नागरिक साझेदारी स्वास्थ्य बिमा कार्यक्रम सञ्चालनमा ल्याएका छौँ’, वडाध्यक्ष थापाले भने, ‘आर्थिक रूपमा कमजोर भएकाहरू कार्यक्रमबाट लाभान्वित हुने अपेक्षा लिएका छौँ ।’
राज्यले ज्येष्ठ नागरिक र ‘क’ वर्गका अपांगता भएका नागरिकको निःशुल्क स्वास्थ्य बिमा गरिरहेको भए पनि गरिब तथा विपन्न परिवारलाई लक्षित गरेर वडाले शुल्क बेहोर्ने गरी पालिकाले कार्यक्रम सञ्चालनमा ल्याएको वडाध्यक्ष थापाले उल्लेख गरे ।
वडाले सञ्चालन गर्न लागेको नागरिक साझेदारी स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत वार्षिक तीन हजार पाँच सय रुपैयाँ तिर्दै आएका परिवारले अब एक हजार रुपैयाँ तिर्नुपर्ने छ भने वडा कार्यालयले दुई हजार पाँच सय रुपैयाँ बिमा शुल्क बापतको रकम तिर्ने छ ।













समाचार
एनएमएको पर्वतीय पथप्रदर्शक प्रशिक्षणका ३५ जनाले चढे दङ्गा पिक
घुम्ती गोठमा रमाएका टीकाजीत
अन्नपूर्णको आम्दानीको स्रोत पर्यटकीयस्थल
आर्थिक उन्नयनमा वन : तनहुँमा १७ करोड २३ लाखको कारोबार
जैविक विविधतासहितको सिमसार सोती अतिक्रमणको चपेटामा
पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
नबिल म्युचुअल फण्डका दुई फण्डको प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन
नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै
शीतभण्डार आयोजना अलपत्र,किसानको जग्गा सात वर्षदेखि उपयोगविहीन
पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल