
काठमाडौं । नेपालस्थित भारतीय राजदूतावासले लुम्बिनी विकास कोष र लुम्बिनी बौद्ध विश्वविद्यालयसँगको सहकार्यमा लुम्बिनीमा सांस्कृतिक महोत्सवको दोस्रो संस्करण आज सम्पन्न गरेको छ ।
उक्त महोत्सवमा लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगर, लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात व्यवस्थामन्त्री प्रचण्डविक्रम न्यौपाने, प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिना, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामा र काठमाडौँस्थित भारतीय राजदूतावासका नियोग उप–प्रमुख प्रसन्न श्रीवास्तवलगायत उपस्थित थियो ।
दुवै देशका प्रसिद्ध कलाकारहरुको प्रस्तुतिसहितको सांस्कृतिक कार्यक्रमको मुख्य आकर्षण शिखा शर्माको नेतृत्वमा भारतबाट आएको आठ सदस्यीय समूहको बौद्ध धर्मसँग सम्बन्धित कत्थक नृत्य प्रस्तुति रहेको थियो । प्रस्तुतिलाई नयाँ दिल्लीस्थित भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आईसीसीआर) ले सहयोग गरेको थियो ।
सोही कार्यक्रममा स्वजन रघुवंशी र उनको समूहले परम्परागत नेपाली नृत्य प्रस्तुत गरेका थिए । यस महोत्सवको हिस्साको रूपमा भारतबाट आएका कत्थक नृत्य समूहले काठमाडौँ र पोखरामा आफ्नो प्रस्तुति दिने यहाँस्थित भारतीय दूतावासले जनाएको छ । दुई देशका जनताबीचको सम्बन्धलाई प्रगाढ बनाउँदै यस सांस्कृतिक महोत्सवले भारत र नेपालबीचको सदियौं पुरानो, विशिष्ट र घनिष्ट सम्बन्धलाई सुदृढ गर्ने लक्ष्य राखेको छ ।













समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू